१९ बोरा रासायनिक मल बरामद

0

सहबान अन्सारी
पश्चिम नवलपरासीको सिमानाकाबाट अबैध रुपमा ल्याउदै गरेको १९ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमवार राति प्रतापपुर गाउपालिका वडा नं ४ हरकपुराबाट भारतबाट अबैधरुपमा चोरी पैठारी गरी साईकलमा ल्याउदै गरेको करिब लाख ५० हजार बराबरको (डिएपी)मलको साथै ३ वटा साईकल बिषेश सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय,ईलाका प्रहरी कार्यालय बेलाटारी र स्थानिय प्रहरी चौकीको संयुक्त गस्ती टोलीले उक्त मल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताउनुभयो ।
लकडाउनको समयमा तस्करी बढेपछी प्रहरीले सक्रिया देखाउदै गत हप्ता छुट्टाछुटै नाकाहरुबाट करिब १ लाख ३० हजार बराबरको बिभिन्न किराना सामानहरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही चलाएको थियो।
नियन्त्रणमा लिएको मल आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाउने प्रहरीले जनाएको छ ।
जिल्लाका सबै सिमानाकाहरुमा सिमा सुरक्षा साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागी आवत जावतमा पुर्णरुपमा रोकलगाइएको छ ।

You might also like