रेडियो सुनवलको टावर हावाहुरीले भाँचियो, प्रशारण बन्द

0

सोमबार आज बिहान आएको हावाहुरीले पश्चिम नवलपरासीको सुनवलमा रहेको रेडियो सुनवलको टावर भाँचिएको छ । टावर भाँचिएपछि पाल्ही सूचना तथा सञ्चार सहकारी द्वारा संचालित रेडियो सुनवलको प्रशारण  नै बन्द भएको छ ।
पानीसहित सोमबार बिहान ४बजे तिर आएको हावाहुरीले एफएमको टावर भाँचेर क्षति पुर्‍याएपछि रेडियोको प्रसारण बन्द भएको हो। हावाहुरीका कारण रेडियोको टावर, यन्टेना मा क्षति पुग्दा ७ लाख मुल्य बराबरको क्षति पुगेको रेडियोका प्रशासन प्रमुख इन्द्र कुमार रेग्मी ले जानकारी दिनुभयो।
टावर तथा अन्य उपकरण मा हावाहुरीले क्षति पुरयाएपछि अहिले रेडियो प्रसारणसमेत बन्द भएको रेग्मीले बताउनुभयो। टावर तथा अन्य मिसिनरी उपकरण को मर्मत सम्भार का लागि केही दिन लाग्ने र त्यसपछि रेडियो प्रसारण नियमित हुने उहाँले बताउनुभयो। लकडाउनको समयमा हावाहुरी बाट क्षति हुदा प्राविधिक ल्याउन पनि कठिन भएको बताउदै छिट्टै मर्मत गरेर प्रशारण सुचारु गर्ने प्रयासमा रहेको संञ्चालक समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनुभयो ।Radio Parasi

You might also like