रुकुम पश्चिम हत्या प्रकरणको सत्यतथ्य बाहिर ल्याइ दोषीलाई यथासिघ्र कार्वाही हुनैपर्छ – सांसद कण्डेल

0

 

उमेश बि.क
नवलपरासी – १३ जेठ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एव पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कण्डेलले रुकुम पश्चिम हत्या प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधी सभाको बैठकमा बोल्दै कण्डेलले जेठ १० गते नवराज बि.क. सहितका युवाह्रु माथि भएको घटना दलित समुदाय माथिको ज्यादती भएको भन्दै सर्वदलीय संसदीय समिति बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याइ दोषीलाई यथासिघ्र कार्वाही माग गर्नुभएको हो ।

त्यस्तै रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरि भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन भएको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको संसदलाई जानकारी गराएका थिए ।

You might also like