यस्ता छन् प्रदेश पाँच मन्त्री परिषदका चार निर्णय

0

बुटवल ८ जेठ – प्रदेश मन्त्री परिषदको आज बसेको बैठकले जेठ १० गते बजेट ल्याउने सहित बिभिन्न निर्णय गरेको छ । यस्ता छन् निर्णयहरु

आज मिति २०७७ जेठ ८ गते बसेको प्रदेश मन्त्रिपरिषद वैठकले गरेका निर्णयहरु

१.प्रदेश सरकारको आर्थिक वर्ष २०७७ ।०७८ को नीति कार्यक्रम जेठ १० गते ३ बजे प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने ।
२.जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने
३ तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने । आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राख्ने । आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने ।
४ प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उहाँले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने ।

You might also like