एमसीसी फिर्ता लिन क्रान्तिकारी माओवादी सहित १० दलको माग
नवलपरासी ७ जेठ – नेकपा (क्रान्तिकारी माओवादी) सहितका १० दलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन ( एमसीसी ) राष्ट्रिय हित विपरित रहेकोले दृढतापूर्वक अस्विकार गर्न माग गरेका छन् ।
उनीहरुले एमसीसी नेपाली राष्ट्रियता सार्वभौमसत्ता एंव असंग्लन परराष्ट्र नीतिको बिरुद्ध समेत रहेकोेले अस्विकार गर्नुपर्ने माग गरेका हुन ।
बैद्य माओवादी सहित नेकपा (मसाल ) नेकपा ( माले) राष्ट्रिय जनमोर्चा , देशभक्त जनगणतान्त्रिक मोर्चा , नेकपा , नेकपा ( संयुक्त ) नेकपा (माओवादी केन्द) जनसमाजवादी पार्टी र जनजागरण परिषद नेपालले प्रेस बिज्ञप्ति जारी गर्दै एमसीसी खारेज गर्न सरकारसंग माग गरेका छन् ।