बर्दघाट नगरका प्रत्येक वडामा क्वारेन्टाइन विस्तार गरिदैं

0

बर्दघाट ६ जेठ : बर्दघाट नगरपालिकाले वडा वडामा क्वारेन्टाइन विस्तार गरेको छ । कोरोना लकडाउनको अवधिमा भारत तथा तेस्रो मुलुकबाट आउने नगरवासीलाई सुरक्षित रुपमा राख्नका लागि सबै वडामा क्वारेन्टाइन बनाउने कार्यपालिकाको निर्णय अनुसार क्वारेन्टाईन बिस्तार भएको हो । यस अघि दिब्यज्योति बहुमुखी क्याम्पसमा मात्र रहेको क्वारेन्टाइनलाई तत्काल १२ वटा वडामा विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखाले जनाएको छ । अधिकाँश वडामा क्वारेन्टाइन निर्माण भएका छन् । केही वडामा निर्माण कार्य जारी रहेको जनाइएको छ ।
स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार वडा नम्बर १ मा बाल्मिकी मावि , वडा २ र ३ को दिब्यज्योति बहुमुखी क्याम्पस, वडा ५ को शान्तिनिकुन्ज रेवती गौमाता गौतम मावि, ८ को भानुदय बिद्यालय , ९ को राजा माहात्मा पूर्णभद्र मावि १० को ज्ञानोदय मावि, ११ को भगजोगनी , १२ को निरकु मावि १३ को जयन्ती आधारभुत बिद्यालय, १४ को गंगा मावि, १५ को आनन्द आधारभुत र १६ नम्बर वडाको सिद्धज्योति आधारभुत बिद्यालयमा क्वारेटाइन बनाउने निर्णय अनुसार काम भइरहेको छ । त्यस्तै वडा नम्बर ४ , ६ र ७ मा पनि क्वारेन्टाइन बनाउने छलफल जारी रहेको उहाँको भनाई छ ।

You might also like