बर्दघाट खानेपानीद्धारा बोरिङ गाड्ने कार्य शुरु

0

बर्दघाट ४ जेठ ः बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानीको स्रोत थप गर्नका लागि बोरिङ गाड्ने कार्य शुरु गरेको छ ।
२ वटा बोरिंङले पानीको अभाव हुन थालेपछि उक्त आवश्यकता अनुसार बोरिङ शुरु गरिएको संस्थाका अध्यक्ष धातानन्द बस्यालले बताउनुभयो ।
संस्थाका ब्यवस्थापक बिष्णु भुसालका अनुसार संस्थाले ३ हजार ५ सय ५० घरधुरीलाई पानी आपूर्ति गर्दै आएको छ ।
बढ्दो जनघनत्वका कारण पानी अभाव हुने र ३ वटा बोरिंगलाई आलोपालो संचालन गर्दा प्राविधिक हिसाबले सहज हुने भएकोले बोरिंग थप गने कार्य थालिएको संस्थाले जनाएको छ ।
प्रदेशको योजना अनुसार कार्य शुरु भएको बताइएको छ । बोरिङ गाड्ने कार्यको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले आइतवार उद्घाटन गर्नुभएको थियो ।

You might also like