नेकपा सचिवालय बैठकमा के के भयो निर्णय ?

0

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको वालुवाटारमा जारी बैठक विभिन्न निर्णय गर्दै सकिएको छ ।

आजको बैठकले एकतालाई दृढ भएर रक्षा गर्नेदेखि पार्टी उपाध्यक्ष वामदेव गाैतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

आजको सचिवालय बैठकले गरेका निर्णय

–सचिवालय बैठक २४ गते बस्ने र स्थायी कमिटी बैठकका एजेन्डा तय गर्ने ।

–स्थायी समितिको बैठक २५ गते बस्ने ।

–वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने ।

–गल्ती कमजोरीप्रती दुबै अध्यक्ष लगायत सचिवालय सदस्यबाट आत्मआलोचना सहित सरकार, पार्टीलाई सफल, सुदृढ बनाउने संकल्प ।

–पार्टी एकता बिरोधी गतिविधिमा संलग्न नहुन आम नेता, कार्यकर्ता पंक्तिलाई निर्देशन ।

You might also like