सफलताको कथा : बार्षिक २ करोड बढीको तरकारी उत्पादन गर्छन बर्दघाट १४ का नेपाल परिवार

आत्मनिर्भर हुदै बर्दघाट नगर : नगरका मेहिनेती किसानका कथा ब्यथा

0

रवि पाण्डेय
नवलपरासी १२ बैशाख : पश्चिम नवलपरासीको बर्दघाट १४ नेपालडाडाँका नेपाल परिवारले तरकारीमा ‘तरक्की’ गर्दै आइरहेका छन । नेपाल परिवारका सबैभन्दा जेठा चित्रकुमार नेपाल (बैकुण्ठ) ले बर्षेनी १५ लाख रुपैया बढीकोको तरकारी बेच्नुहुन्छ । ५८ बर्षीय उहाँले अहिले डेढ बिघामा तरकारी उत्पादन गरिरहनुभएको छ । तरकारी खेती गर्नु नेपाल परिवारको पुख्यौली ब्यवसाय हो । यो पेशामा अहिलेपनि दुई पुस्ताले जिविकोपार्जन गरिरहेको छ । उहाँ मात्र होइन उहाँका माइलो भाई निलकण्ठ, साईलो सिताराम , काइला बासुदेव र कान्छो रामचन्द्र नेपाल गरी पाँचै दाजुभाईले तरकारी खेती गर्दै आईरहनु भएको छ । उहाँले तरकारी खेतीबाटै आफ्नो परिचय बनाउनुभएको छ । उहाँहरुका बारी अहिले करेला, टमाटर, लौका लटरम्म फलेका छन् । दैनिक ज्यालादारीमा नेपाल परिवारले सयौ मानिसहरुलाई रोजगार दिईरहेका छन् । बर्षभर नेपाल परिवारले २ करोड रुपैया बढीको तरकारी उत्पादन गरेर बजारमा बिक्री गर्दै आइरहेको छ । कान्छा रामचन्द्र भन्नुहुन्छ – नाफा घाटा जे भएपनि हामी र दाजुका छोराहरुले गरेर बार्षिक २ करोड बढिको तरकारी उत्पादन गरि बेचिरहेका छौ ।

बैकुण्ठ नेपालको तरकारी खेती

बैकुण्ठका पाँच दाजुभाई मात्र होइन । नेपाल परिवारको दोस्रो पुस्ता अर्थात बैकुण्ठका ४ जना छोराहरु मध्ये तीनजना पनि तरकारी उत्पादन बिक्री बितरणमै आफ्नो भविश्य देखिरहेका छन् । जेठा बिनोद नेपाल ३३ बर्षका हुनुभयो । बिदेशमा खाएको ठक्कर उहाँलाई नेपालमै केही गरौ भन्ने प्रेरणा दियो । हजुर बुवादेखिको पेशा छोड्न उहाँलाई मन लागेन ।

करेला टिप्दै विनोद नेपाल

उहां फर्किएर बुवा र अंकलहरुकै पेशामा लाग्नुभयो । उहाँको बारीमा अहिले ४ बिघामा टमाटर र ७ कठ्ठामा करेला र केही फर्सी समेत उत्पादन भएको छ । बिनोद कहाँ अहिले तरकारी टिप्ने कामदारहरुको ताँती नै छ । उहाँ भन्नुहुन्छ – तरकारी लगाउने देखि अहिले सम्म ७ सय जनालाई दैनिक ज्यालामा रोजगार दिएको छू । स्याहार्दा सम्म एकै सिजनमा १५ लाख खर्च हुन्छ । यस सिजनको तरकारी बेच्दा ३० देखि ३५ लाख रुपैया सम्म कारोवार हुने आशा रहेको उहाँले बताउनुभयो । खेती प्रति उहाँ सन्तुष्ट हुनुहुन्छ । सरकारबाट सहयोग होस भन्ने उहाँको चाहना छ ।

रामचन्द्र नेपाल को फर्ममा टमाटर टिप्दै स्थानीय ज्यालादारी मजदुर

तरकारी खेती हेर्न र अनुभव साटासाट गर्न उहाँ कहाँ धेरै मानिसहरु आउछन् । त्यस्तै उहाँको तरकारी खेती हेर्न प्रदेश कृषि मन्त्री आरती पौडेल समेत आउनुभएको थियो । हामीले अझै सम्म कुनै अनुदान पाएका छैनौ –बिनोद भन्नुहुन्छ । त्यस्तै उहाँको बोयर जातको बाख्रा फर्म समेत छ । त्यहाँ बर्दघाट नगरबाट अनुदानमा बोका पाएपछि केही सहयोगको अनूभूति भएको उहाँ बताउनुहुन्छ । बिनोदको तरकारी खेती हेर्न आउनेहरु धेरै छन् । हेर्न आउनेबाट उहाँले उत्साह समेत पाउनुहुन्छ । कृषि मन्त्रीले आउनुस केही सर्पोट गरौला भन्नुभएको थियो – बिनोद भन्नुहुन्छ – आशा अझै मरिसकेको छैन ।

विनोद नेपालको फर्ममा टमाटर ग्रेडिड गरिदैं

त्यस्तै प्रदेश कृषि मन्त्रालयले जनउत्थान सहकारी संगको सहकार्यमा बजार ब्यवस्थापनमा सहयोग पु¥यारहेको उहाँले जानकारी दिनुभयो । लकडाउनले बजारमा धेरै गाह्रो भएपछि मन्त्रालयले गरेको सो सहयोगले केही राहत भएको उहाँको भनाई छ । भारतीय तरकारी रोक्ने र आन्तरिकको बजार ब्यवस्थापनका सहयोग गर्न हो भने कृषकहरुलाई प्रोत्साहन हुने उहांले बताउनुभयो । स्थानीय सरकारले सहज रुपमा तरकारी बेच्ने र सर्मथन मुल्य तोक्ने कार्य गरे किसानको हित हुने उहाँको तर्क थियो । बिनोदका भाईहरु बिष्णु नेपाल र गणेश नेपाल पनि तरकारीकै ब्यवसायमा हुनुहुन्छ ।

४ बिघाको टमाटर खेतीको प्लट

त्यस्तै बिनोदको कान्छो अंकल रामचन्द्र नेपालको भने सरकारको तर्फबाट हेर्न आउनेहरु प्रति निकै दुखेसो छ । हेर्न धेरै आए तर सरकारको तर्फबाट कही कतैबाट पनि हामीले सहयोग पाएनौ –उहाँ भन्नुहुन्छ –आश्वासनले मात्र हुदों रहेनछ । आश्वासन कति पाईयो पाईयो । उहाँ भन्नुहुन्छ – नगरमा फर्म मात्रै भराइयो, हामीलाई देखाएर प्रोप्राइल देखाउने काम मात्रै भयो । बर्दघाट नगरपालिकाले पटक पटक आश्वासन दिने गरेपनि आफूहरुलाई केही सहयोग नगरेको उहाँको गुनासो थियो । टनेलमा सहयोग गर्छाै भनेर भनेर टनेल बनाउन लगाएर पनि नगरपालिकाले सहयोग नगरेको उहाँको भनाई छ ।

पश्चिम नवलपरासीको बर्दघाट नगरमा कृषि प्रति आर्कषण बढ्दो छ । वडा वडामा पशु तथा कृषि फर्म थपिएका थपियै छन् । त्यस्तै वडा १४ र १५ का कृषकहरुलाई हेरेर नै तरकारी पकेट घोषणा गरेर कृषकलाई सहयोग पु¥याई रहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुहुन्छ ।

अनुगमनको क्रममा मकैवाली हेर्दै नगर प्रमुख धीरज शर्मा बस्याल  फाइल तस्विर

उहाँले १४ मा तरकारीको राम्रो सम्भावना रहेकोले पकेट घोषणा गरिएको र प्रक्रिया पु¥याएर कृषकहरुलाई सहयोग गर्न नगर लागि परेको जानकारी दिनुभयो । लकडाउन र केही प्रक्रियागत कुराले योजनामा केही ढिलाई मात्र भएको हो – नगर प्रमुख बस्याल भन्नुहुन्छ – कृषकसंगको साझेदारीमा बजार ब्यवस्थापन देखिका काममा हामी उहाँहरुसंगै साथमै छौ । कृषि क्षेत्रबाट नगरको समृद्धि देखेकै कारणले वडा १२ र १३ मा मकै र १४ मा तरकारी र १५ मा बिशेष गरी आलु उत्पादनमा नगरले कृषकहरुसंग हातेमालो गरेको उहाँको भनाई छ ।
बर्दघाट वडा नम्बर १३ मा हरियाँ मकै उत्पादन भएको छ । वडा २ चिसापानीमा पनि तरकारी खेती फस्टाउदो छ । प्रत्येक वडाका आफ्नै बिशेषता छन । त्यसैले कृषि क्षेत्रमा स्थानीयतहले एकीकृत योजना बनाएर अगाडि बढने बेला आइसकेको छ ।

 

You might also like