लकडाउन उल्लघंन गर्ने उपर कडाई गर्दै बर्दघाट प्रहरी, १४ मोटरसाईकल र २ सय बढी साँचो नियन्त्रणमा

नवलपरासी १० बैशाख – ईलाका प्रहरी कार्यालय बर्दघाटले लकडाउनका अबधिमा हिडडुल नगर्न पटक पटक आग्रह गर्दा समेत लकडाउन उल्लघंन गर्ने हरु उपर कडा रुपमा प्रस्तुत हुन थालेको छ । अत्यावश्यक काम बाहेक पनि मानिसहरु हिडडुल गर्न रोकिएपछि प्रहरी कडाई पूर्वक प्रस्तुत हुन थालेको हो ।
बिभिन्न बहाना बनाई लकडाउन उल्लघंन गर्दै साइकल, मोटरसाईकल , स्कुटर सवार हुने र सडकमा अनावश्यक पैदलयात्रा गर्नेहरुले लकडाउन उल्लघंन गरेपछि प्रहरी हैरानमा पर्दै आएको थियो ।
पटक पटक आग्रह गर्दा समेत सडकमा यात्रा गर्नेहरु घटनुको साटो झन बढदै गएपनि प्रहरीले सवारी साधनको साँचो खोसेर ती सवारी साधनलाई ईलाका प्रहरी कार्यालयमा राखेको हो ।
ती सधानहरु लकडाउन खुलेपछि प्रक्रिया पु¥याएपछि मात्र सम्बन्धितलाई बुझाइने ईलाका प्रहरी कार्यालय बर्दघाट जनाएको छ । बर्दघाट प्रहरीले आजै मात्र १४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । त्यस्तै आज सम्म २ सय बढि बाईक तथा स्कुटरका साँचो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

You might also like