पश्चिम नवलपरासीबाट पैदलयात्री मजदुरलाई उद्धार गरी पठाइयो

0

नवलपरासी – प्रदेश पाँचको पूर्वी प्रबेशद्धार बर्दघाट नगरपालिकामा पूर्वबाट पश्चिमतर्फ पैदल हिडेका १६८ जना मजदुरलाई उद्धार गरी पठाइएको छ ।
प्रदेश सरकारको निर्देशन तथा बर्दघाट नगरपालिकाको ब्यवस्थापनमा ती मजदुरहरुलाई ४ वटा बसको ब्यवस्था गरी उद्धार गरिएको हो ।
प्रदेशको पश्चिम सिमाना बर्दिया, बाँके, दाङ, सल्यान,रोल्पा, पुर्वी रुकुम सहित कर्णाली र सुदुरपश्चिम प्रदेशका ती मजदुरहरुलाई बसको ब्यवस्थापन गरी उद्धार गरिएको बर्दघाट बर्दघाट नगरपालिकाका नगर प्रमुख नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार उनीहरुलाई त्रिवेणीचोकमा खाजा र पानीको ब्यवस्था र राजा माहात्मा पूर्णभद्र मावि भुताहामा खानाको ब्यवस्था गरी खाजा तथा खानाको प्रबन्ध सहित बसमा राखेर घर पठाइएको हो ।
त्यस्तै भुताहास्थित रोयल भुताहा कल्ब र स्थानीयको सहयोगमा स्वयसेवी समुहले खाना बनाउने र खुबाउने काम गरेको थियो ।
बर्दघाट नगरपालिकाले प्रबन्ध गरेको खाजा डेस्कको तथ्याँक अनुसार शुक्रवार ९ सय २६ जना पैदलयात्री पूर्वतर्फबाट पश्चिम यात्रा गरेका छन् ।
उता भ्ुमही बजारबाट समेत ४८० जना मजदुरलाई उद्धार गरिएको बताइएको छ । प्रदेश सरकार तथा सुनवल नगरपालिकासंगको समन्वयमा मजदुरहरुलाई उद्धार गरिएको बताइएको छ ।

You might also like