बजार अनुगमनको क्रममा चक्र तथा बैल कोल्हु तेल सहित म्याद गुज्रेका बस्तु बरामद

0

नवलपरासी ३ बैशाख – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका बिभिन्न बजारक्षेत्रका अत्यावश्यक सामान बिक्री गर्ने पसलहरुमा अनुगमन गरिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक तथा नगर उपप्रमुख मायादेवी पौडेलको नेतृत्वमा सरोकारवालाहरुको संयुक्त टोलीले नगरभित्रका बजारक्षेत्रमा अनुगमन गरेको हो । बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी, वडा नम्बर १२ र १३ का बिभिन्न १८ वटा पसलहरुको अनुगमन अनुगमन गरिएको थियो । अनुगमनको क्रममा नेपालमा बन्देज लगाइएको बैल कोल्हु तथा चक्र ब्राण्डका खानेतेल तथा म्याद गुज्रेका पेयपद्धार्थ , ड्राई फुड , मसला समेत बरामद गरिएको सुचना अधिकारी पुस्कर काफ्लेले जानकारी दिनुभयो । त्यस्तै अनुगमनका क्रममा अभावको मौका पारेर अधिक मुल्य लिने पसलहरुलाई सचेत समेत गराइएको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने जानकारी दिनुभयो । बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने , उपभोक्ता अधिकारकर्मी , प्रहरी र पत्रकार सहितको टोलीले सो अनुगमन गरेको हो । त्यस्तै अनुगमनलाई निरन्तरता दिइने बर्दघाट नगरपालिका उपप्रमुख पौडेलले जानकारी दिनुभयो ।

You might also like