सशस्त्र प्रहरीद्वारा सिमामा उच्च निगरानी
देशलाई जोगाउदै सिमानामा शसस्त्र प्रहरी
सहबान अन्सारी
परासी ३ बैशाख : पश्चिम नवलपरासीको सीमा लकडाउनको समयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सिमानाकामा उच्च निगरानी बढाएको छ ।
यतिबेला सिमा क्षेत्रका दुबै देशको नागरिकहरुलाई आवतजावतमा पुर्ण रुपमा रोक लगाएको छ ।
नवलपरासी जिल्ला छिमेकी राष्ट्र भारतसंग जोडिएको करिब ३१ किलोमिटरको नाकामा ठाँउ ठाँउमा पाल टागेर अस्थाई पोष्ट स्थापना गरि ब्यापक सुरक्षाकर्मी परिचालन समेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणकालागी सुरक्षाकर्मीहरुले यति बेला देश जोगाउनको लागी बैशाखको चर्को घामको सामना गर्दै दिन रात खटिएको पाईएको छ।
भारतबाट कोरोना भाइरस संक्रमित व्यक्ति नेपाल छिर्न नपाउन भनेर उनीहरु सीमामा आफ्नै स्वास्थ्य अवस्थाको पर्वाह नगरी नवलपरासीलाई सुरक्षित राख्न अहोरात्र सीमामा खटिएका छौ बताउछन सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीले जानकारी दिनु भयो।
बोर्डर आउटपोष्ट गुठी परसौनीको मातहतमा करिब १०.३ किलोमिटरको सिमानाकामा सयौं सुरक्षाकर्मी परिचालन गरी बिशेष निगरानी बढाउनुको साथै लकडाउनको अवज्ञा गर्ने दुबै देशका मानिसहरुलाई कठाई गरी सिमानाका ठप्प पारिएको अधिकारीले बताउनुभयो ।