सुनचाँदी ब्यवसायीले दिए प्रकोप काेषमा ५१ हजार
बर्दघाट – बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन काेषमा सुन चादी ब्यवसायी संघ बर्दघाट नगर समितिले ५१ हजार १११ रुपैयाँ प्रदान गरेको छ । संघका अध्यक्ष लिल बहादुर सुनारको नेतृत्वमा नगर पालिकामा पुगेको टोलिले सो रकम बराबरको चेक नगर प्रमुख धिरज शर्मा बस्याललाई प्रदान गरेको सचिव भोजराज बिश्वकर्माले जानकारी दिनुभयो।