क्वारेन्टाईनमा बस्नेको संख्या १ सय ५ जना
नवलपरासी १९ चैत – पश्चिम नवलपरासीमा क्वारेन्टाईनमा बस्नेको संख्या बुधवार सम्म १ सय ५ जनालाई भएका छन् । आर्दश मावि परासीमा मगंलबार सम्म २ जना मात्र रहेको आर्दशको क्वारेन्टाईनमा बुधवार ६ जना थप भएका हुन् । यसैगरी सुनवलको जर्गाहमा रहेको क्वारेन्टाईनमा २७ जनालाई राखिएको छ भने सरावलको भुजहवामा निर्माण गरिएको क्वारेन्टाईनमा पनि बुधवार ३ जनालाई राखिएको छ ।
सुस्ताका तीन स्थनमा गरी ३२ जना र पाल्हीनन्दनमा बुधवार एक जना थप भएपछि सात जनालाई क्वारेन्टाईनमा राखिएको छ भने प्रतापपुरको बेलाटारीमा रहेको क्वारेन्टाईनमा २२ जना र बर्दघाटमा ६ जनालाई क्वारेन्टाईनमा राखिएको छ । हाल सम्म जिल्लामा २ सय ६८ ओटा बेड क्षमताका क्वारेन्टाईनमा विभिन्न पालिकामा स्थापना गरिएको छ ।