बर्दघाट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट प्रकोप ब्यवस्थापन कोषमा रकम जम्मा गर्ने घोषणा

0

नवलपरासी १९ चैत्र- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा जनप्रतिनिधि र कर्मचारीबाट रकम जम्मा गर्ने घोषणा भएको छ । कोषमा नगरका सबै जनप्रतिनिधिले ५ लाख २० हजार रुपैया र कर्मचारीबाट ३ लाख ५५ हजार १ सय बीस रुपैया जुटेको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
जनप्रतिनिधि, कर्मचारी र अन्यबाट गरी कोषमा १० लाख बढी रकम जम्मा भएको प्रमुख बस्यालको भनाई छ । सो रकम बिद्यालयका शिक्षक कर्मचारी बाहेकका नगरबाट तलब बुझ्ने कर्मचारी ,जनप्रतिनिधि , बिद्यालय र दाताहरुबाट जुटेको हो । यस अघि नव जिवन मावि बर्दघाट ४, दिब्यज्योति मावि बर्दघाट – २ चिसापानी , शान्ति निकुञ्ज गौमाता गौतम मावि बर्दघाट ५ र राष्ट्रिय मावि जिमिरेभारले ले २५÷२५ हजार कोषमा हस्तान्तरण गरेका छन् । सोहीक्रममा बर्दघाट १३ निवासी समाजसेवी मनोज कुमा।र कार्कीले रु ११ हजार प्रकोप ब्यवस्थापन कोषमा प्रदान गर्नुभएको थियो । त्यस्तै नित्यानन्द रत्नकुमारी मावि बर्दघाट –१२ ले कोषमा १५ हजार प्रदान गरेको छ । त्यस्तै नगरले एन आई सी एशिया बैक बर्दघाट शाखाको प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ८३४१४९८४८२५२४००७ को ब्यवस्था गरेको छ ।

You might also like