महशुल छुटको ब्यवस्था गर्दै खानेपानी संस्था

पंचनगर खानेपानीद्धारा महसुलमा २५ प्रतिशत छुट

0

नवलपरासी १८ चैत्र- पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी महशुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । कोरोना भाइरसका कारण उपभोक्ताहरुलाई परेको कठिनाइ र निरन्तर सरसफाईका लागि ढुक्क सँग पानी प्रयोगको वातावरण बनाउन सँस्थाले आगामी महिना (बैशाख) को पानी महशुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको सँस्थाका अध्यक्ष धातानन्द बस्यालले बताउनु भयो । यस अघि संस्थाले महसुलमा लाग्ने बिलम्ब शुल्क छूट दिने ब्यवस्था गरेको थियो ।

यस्तै कोरोना भाइरसबाट सँक्रमणबाट जोखिम न्युनिकरणको लागि बजार क्षेत्र, भिडभाड हुन सक्ने सम्भावित स्थान, जनघनत्व बढि भएको क्षेत्र, अस्पताल क्षेत्रमा क्लोरिन औषधी छिट्नको लागि बर्दघाट नगरपालिका सँग सहकार्य गरेर अघि बढने निर्णय समेत भएको अध्यक्ष बस्यालले बताउनु भयो ।


पञ्चनगर खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाद्धारा बैशाख महिनाको पानीको महशुलमा उपभोक्ताहरुलाई २५ प्रतिशत छुट दिने भएको छ । विश्व भरी नै फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले गरेको लकडाउनको समय अवधिभित्र संस्थाको महसुल काउन्टर तथा प्रशासनीक कामकाजहरु बन्द रहने संस्थाका अध्यक्ष माधव श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठका अनुसार–‘उपभोक्ताहरु चैत्र महिनाको पानिको महसुल बुझाउन आउदा विलम्ब भएमा लाग्ने विलम्ब शुल्क लाग्ने छैन ।’
लकडाउनको अवधिमा विद्युतिय माध्यम (अनलाइन) बाट महसुल भुक्तानी २४ सैं घण्टा उपलब्ध हुने संस्थाले जनाएको छ । उपभोक्ताहरुको सेवालाई मध्यनजर गर्दै पानी उत्पादन तथा वितरण एंव मर्मत सम्भारको कार्य नियमित रुपमा सुचारु रहने छ ।

You might also like