सिमा अतिक्रमण र एमसीसी बिरुद्ध सातै प्रदेशमा बिरोधसभा
बुटवल – नेकपा (क्रान्तिकारी माओवादी) सहित ९ वाम पार्टीले सातै वटा प्रदेशमा जनप्रर्दशन सहित बिरोध सभा गरेका छन् । शुक्रवार नौ दलको आयोजनामा काठमाण्डौ, पोखरा ,बुटवल, सुर्खेत , धनगढी, इटहरी जनकपुरलगायतका स्थानमा सभा गरेका हुन ।
त्यस्तै बुटवलको मिडियाचोकमा आयोजित विरोध सभामा नेकपा(क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य प्रेम सुवेदी भारतले नेपाली भूमी फिर्ता नगरे राष्ट्रियता आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।
उनले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद सामु आत्मसमर्पण गर्ने केपी ओली सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नसक्ने दावी गर्नुभयो ।
त्यस्तै देशभक्त जनगणतान्त्रिक मार्चा–नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष केबी गुरुङले राष्ट्रिय स्वाधीनता र अखण्डता रक्षाको लागि स्वाभिमान गुमाउंन नहुंने बताउनुभयो । त्यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले एमसीसीमार्फत अमेरिकाले नेपाललाई इराकीकरण गर्न खोजेको बताउनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव बिनोद उपाध्यायले एनसेल कम्पनीसंग चुनावी खर्च लिएर केपी ओली,प्रचण्ड र शेरबहादुर देउंवाले एनसेलको कर मिनाहा गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपा मालेका पोलिटव्यूरो सदस्य चन्द्रकान्त आचार्यले महाकाली सन्धी गरेर घात गरेका केपी ओली रशेरबहादुर देउवाले एमसीसी भित्राएर नेपाली जनतालाई घात गर्न खोजेको आरोप लगाउनुभयो । नेकपाका केन्द्रीय सदस्य समिम अहमदले सर्वहारावर्ग घात गरेको सत्तारुढ पार्टी कम्युनिष्टको नामका कंलक रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा मसाल रुपन्देहीका प्रवक्ता नारायण जीसी, राष्ट्रिय जागरण परिषद्का चित्रबहादुर थापा,जनसमाजवादी पार्टीका कृष्ण आचार्य,नेकपा माओवादी केन्द्रका नबिन गोतामे लगायतले बोल्दैं अतिक्रमित भूमि फिर्ता र एमसीसी सम्झौता खारेजीका लागि सरकारलाई दबाब दिन खबरदारी गरिहनुपर्ने बताउनुभयो ।
जनगणतान्त्रिक मोर्चा प्रदेश ५ का उपाध्यक्ष पिताम्बर आचार्यको सञ्चालन तथा राजमो प्रदेश ५ का सदस्य दधिराम आचार्यको अध्यक्ष तामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम पूर्व बुटवलको नयां वसपार्कबाट ¥याली शुरु भएको र उक्त ¥यालीले बुटवल बजार परिक्रमा गरि मिडिया चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
त्यस्तै सुर्खेतमा विभिन्न नौवटा राजनितिक दलहरुले राष्ट्रिय स्वाधिनताका पक्षमा विरोध प्रर्दशन गरेका छन् । मंगलगडि चोकबाट बजार परिक्रमा गदै र्यालीसहित पिपलचौतारीमा विरोध सभा गरेर टुङ्गिएको थियो ।
एमसीसी परियोजना सम्झौता खारेजी, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भु–भाग समेटेर भारतले सार्वजनिक गरेको जाली नक्साको विषयमा नौ राजनितिक दलहरुले संयुक्त विरोध सभा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गदै क्रान्तिकारी माओवादीका स्थायी समिति समिति रामसिं श्रीस , पोलिटव्युरो सदस्य चक्रपाणी शर्माले अहिले भारतले कालापानी लिपुलेख लिम्यिाधुरासमेत आफनो नक्सामा समेटेर भारतीय नक्सा सार्वजनिक गरेको तीन महिना भइसक्दा पनि सरकारले कानमा तेल हालेर बसेको बताउनुभएको थियो ।
त्यस्तै माओवादी केन्द्रका नेता नरेश शाहीले अहिले नेपालमा दुईतिहाईको सरकार भएर पनि भुमि बलात्कृत हुदैछ दुइतिहाईको सरकारले पनि नेपालीभुमि बलात्कृत हुनबाट जोगाउन नसकेको बताउनुभयो ।
पोखरामा नेपाली भूमिमा भारतीय पक्षले गरेको सीमा अतिक्रमण, एमसीसीको विरोध र राष्ट्रिय स्वाधिनताको पक्षमा शुक्रबार नौं राजनीतिक दलले पोखरामा प्रर्दशन गरेका छन ।
प्रदर्शनसँगै नेकपा क्रान्तिकारी माओवादी सहित ९ दलले पोखरामा सभा तथा सांस्कृतिक कार्यक्रम समेत गरेका थिए ।
नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ का सेक्रेटरी केशबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् ४ नं. प्रदेशका इनचार्ज चन्द्रहरि सुवेदी अटल, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ४ नं. प्रदेशका अध्यक्ष नेत्र रानाभाट, नेकपा मसालका गण्डकी प्रदेशका प्रवक्ता चन्द्रबहादुर केसी, नेकपा (माले) का नरेन्द्र शाह, नेकपा (माओवादी केन्द्र) भोजराज त्रिपाठी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका मनिश भट्टराई, राष्ट्रिय जागरण परिषदका पदम कार्की, वरिष्ठ अधिवक्ता तिलक पराजुली, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा संगम सांस्कृतिक मञ्चका कलाकारहरुले सांस्कृतिक कार्यक्रम मार्फत राष्ट्रिय स्वाधिनताको पक्षमा सांगितिक प्रस्तुती राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले एमसीसीले नेपाललाई रणभूमि बनाउने भन्दै कुनै पनि हालतमा एमसीसीलाई स्वीकार गर्न नसकिनेमा जोड दिएका थिए ।
त्यस्तै काठमाण्डौ जनकपुर र इटहरीमा पनि नौ वामले सभा सम्पन्न गरेका छन् ।