एमसीसीबाट महाकाली सन्धि पछिको ठुलो राष्ट्रघात – केसी

0

ईश्वरी प्रसाद गैरे
दाङ १५ माघ – नेकपा ( क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा दाङ जिल्ला समितिले तुलसीपूर उपमहानगरपालिका–१८ स्थित बिजौरीमा राष्ट्रिय स्वाधीनताको लागि जागरण अभियान शुरु गरेको छ ।कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा दाङ ईञ्चार्ज निरज केसीले प्रतिक्रियावादी सत्ताका संचालकहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) पारित गरेर राष्ट्रलाई सिक्किमीकरण गर्न खोजेको बताउनुभयो ।
सो पार्टीका युवा नेता समेत रहनुभएका केसीले महाकाली सन्धि पछिको ठुलो राष्ट्रघात एमसीसीबाट गरिन थालेको भन्दै अमेरिकी र भारतीय बैदेशिक हस्तक्षेपको प्रतिवाद गर्ने समय आएको बताउनुभयो ।
त्यस्तै देजमो दाङका जिल्ला अध्यक्ष नरेन्द्र बञ्जाडेले देशभक्तहरुबीच एकता आवश्यक रहेको भन्दै त्यसका लागि आफूहरु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी दिनेश कैनी र तिलक बिक क्रान्तिकारी माओवादीमा प्रबेश गर्नुभएको थियो ।

You might also like