क्रान्तिकारी माओवादीको अभियान अन्तरगत गाउ नगर भेला हुदै
नवलपरासी ९ माघ – नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको संगठन सुदृढ अभियान अन्तरगत विहीवार (आज) प्रतापपुर गाउपालिकास्तरीय भेला हुदैछ । उक्ता भेलामा बैचारिक प्रशिक्षण तथा नयाँ नेतृत्व समेत चयन गरिने प्रतापपुर ईञ्चार्ज अनिलले बताए ।
कार्यक्रममा जिल्ला सेक्रेटरी चोला , प्रदेश सदस्यहरु संकल्प र समरले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । त्यस्तै सुनवल नगर कमिटीको भेला माघ ११ गते र बर्दघाट नगर भेला १३ गते हुने जिल्ला सेक्रेटरी चोलाले बताए ।