न्यु लाइफमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाटस्थित न्यू लाइफ माध्यमिक विद्यालयको रजत महोत्सवको बुधवार खाना महोत्सव र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । खाना महोत्सवमा कक्षा ११ र १२ का होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीहरुले खानाका विभिन्न परीकारहरुको बनाई विद्यार्थी, शिक्षक शिक्षिकाहरु, अभिभावक तथा अतिथिहरुलाई खुवाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्याव्सनका प्रदेश नम्बर ५ का अध्यक्ष राम प्रसाद पाण्डेयले बालबालिकालाई कस्तो बनाउने भन्ने विषय अभिभावकको हालमा रहेको बताए ।
पञ्चनगर स्वास्थ्य चौकीका प्रमुख बावुराम तिमिल्सीना, बर्दघाट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक गोपाल प्रसाद पाण्डेय, जनकल्याण सहकारीका अध्यक्ष डिक बहादुर पाण्डे, विद्यालयका प्रध्यानाध्यापक सन्तोष अधिकारी, प्लस टु कोडिनेटर मोहन शरण पाण्डे, विद्यालयका संस्थापक सदस्यद्धय डिल बहादुर अधिकारी, थम अधिकारी लयायतको उस्पथिती रहेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर अधिकारीले गरेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन शिक्षक दिनानाथ पौडेलले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक प्रस्तुतिका झलकहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षक÷शिक्षिकाहरु, अभिभावक गरी करिव चार सय जनाको उपस्थिति रहेको शिक्षक सोनी क्षेत्रीले जानकारी दिए ।

You might also like