रेडक्रस पञ्चनगर उपशाखाको सभापतिमा पाण्डे सर्वसम्मत
बर्दघाट – पश्चिम नवलपरासीको नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाको नेतृत्वमा तारा बहादुर पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार उपशाखाको पन्ध्रौं साधारण सभा तथा पाँचौ अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालको लागी पाण्डेसहित ११ सदस्यीय नया कार्यसमिति निर्विरोध चयन भएको हो । जसको उपसभापतिमा विजुला श्रेष्ठ, सचिवमा प्रेम प्रसाद अधिकारी, कोषाध्यक्षमा बालाकृष्ण लम्साल, उपसचिवमा खम बहादुर खत्री, उप कोषाध्यक्षमा गोविन्द प्रसाद पौडेल, सदस्यहरुमा कमला सुवेदी, देवि प्रसाद अधिकारी, सन्त कुमार फौजदार, बालिन्द्र बिक्रम शाहि र कृष्ण बहादुर शाही निर्विरोध चयन हुनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको बर्दघाट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई विशिष्ट अतिथिको रुपमा बर्दघाट नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राजु मिश्र,वडा नम्बर ११ का वडाध्यक्ष तिर्थराज फौज्दार, नेपाल रेडक्रस सोसाइटी पश्चिम नवलपरासी शाखा मन्त्री ऋषिराम सुवेदी, अतिथिहरु नेपाली कांग्रेस बर्दघाटका अध्यक्ष शम्भुलाल श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य यज्ञ खनाल,चन्द्रकान्त ढकाल,ईन्देणी सामाजिक विकास मञ्चका प्रतिनिधि कर्दम कुमार क्षेत्री जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिक बहादुर पाण्डेलगायतले शुभकामना मन्तव्य दिनुभयो ।
सो अवसरमा अध्यक्ष विनोद खनालले आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका गर्नुभएको थियो ।
सो अवसरमा १० पटक भन्दा बढि रक्तदान गरेका ४ जना रक्तदानदाता कल्पना आचार्य, तिला रिजाल, रामप्रसाद पौडेल, प्रेम प्रसाद अधिकारी र अक्षयकोषकी अध्यक्ष गंगा माया आचार्यको कोषबाट विपन्न बर्गका २ जना जेष्ठनागरिक तुलसीराम न्यौपाने, सुमित्रा देवी श्रेष्ठ लाई सम्मान समेत गरिएको थियो । सोसाइटी उपशाखाका कोषाध्यक्ष बिजुला श्रेष्ठ जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन उपशाखा सचिव तारा बहादुर पाण्डे क्षेत्रीले गर्नुभएका थियो ।