चाइना प्रोजेक्टमा कार्यरत मजदुर असन्तुष्ट ,आन्दोलनको ‘मुडमा’

0

रवि पाण्डेय नवलपरासी २३ मंसिर – नारायणघाट – बुटवल सडक खण्ड विस्तार चाइना प्रोजेक्ट अन्तरगत बुटवल – बर्दघाट खण्डमा कार्यरत मजदुरहरुले सेवासुबिधाको माग गर्दै आन्दोलन गर्ने तयारी गरेका छन । आफूहरु श्रम शोषणमा परेको भन्दै यहाँका मजदुरहरुले बिभिन्न माग राख्दै आन्दोलनको तयारी गरेका स्रोतको दावी छ । उनीहरुले कार्यस्थल सम्म जानका लागि यातायतको सुबिधा हुनुपर्ने, काम गर्दा लगाउने सुरक्षित सामाग्री (सेफ्टी) पाउनुपर्ने , आठ घण्टा बढी काम गर्दा अतिरिक्त समयको ज्याला पाउनुपर्ने , कामका लागि सम्झौता गरिनुपर्ने , परिचयपत्रको ब्यवस्था हुनुपर्ने , कम्पनीले दुर्घटना बिमाको ब्यवस्था गर्नुपर्ने , हप्तामा एकदिन छुट्टीको ब्यवस्था हुनुपर्ने र स्थानीयलाई काममा प्राथमिकता दिनुपर्ने लगायतका माग राख्दै आन्दोलनको तयारी गरेका हुन ।
उनीहरुले यी माग हरु आधिकारिक रुपमा ब्यवस्थापनपक्ष संग सोमवार राखेको स्रोतले जनाएको छ । तर चीनियाँ पक्षले मागलाई बेवास्ता गरेको बताइएको छ । स्रोतका अनुसार उनीहरुले केही दिन अघि यो मागका लागि भन्दै २ घण्टा काम समेत रोकेका थिए ।
यसबारे प्रोजेक्टका बुटवल बर्दघाट म्यानेजर सुरेश न्यौपानेले मजदुरका माग बारे काठमाण्डौस्थित प्रोजेक्ट कार्यालयमा जानकारी गराइएको बताउनुभयो । उहाँले दशै पेश्की र बढ तलब बारे ब्यवस्थापनपक्ष सकारात्मक भएको जनाउनुभयो । चाइनिजहरुका पनि केही कुरा छन् – उहाँले स्थानीयपत्र संग
भन्नुभयो – हामीले श्रमिकका माग बारे जानकारी गराएका छौ । जायज माग प्रति ब्यवस्थापन गम्भिर रहेको पाएका छौ ।

You might also like