क्रान्तिकारी माओवादीका कार्यक्रममा हस्तक्षेप, नेता कार्यकर्ता पक्राउ गर्ने क्रम एकाएक बढ्यो
दुई दर्जन बढी नेता कार्यकर्ता पक्राउ
बुटवल – सीमा अतिक्रमण तथा उपनिर्वाचन बहिस्कारको आन्दोलनमा सक्रिय नेकपा (क्रान्तिकारी माओवादी) का नेता कार्यकर्ता प्रति सरकारले धरपकड तीब्र बनाएको छ । उसको क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कार्यक्रम असफल बनाउनका लागि देशैभर नेता कार्यकर्ता पक्राउ गर्ने क्रम एकाएक बृद्धि भएको हो । सोही क्रममा देजमो बाँकेको आयोजनामा सीमा अतिक्रमण र उपनिर्वाचन बहिस्कारको विषयमा गरिएको कोणसभामा प्रहरीले हस्तक्षेप गरेको छ । बाँकेको कोहलपुर–६, रजनामा भएको कोणसभामाथि हस्तक्षेप गरी प्रहरीले नेकपा (क्रान्तिकारी माओवादी)का वैकल्पिक पीवीएम भुपेन्द्र न्यौपानेसहित, केस तेजविक्रम शाही लगायत १३ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रहरीले उनीहरुलाई नेपालगञ्ज प्रहरी कार्यालयतर्फ लगेको कार्यक्रमस्थलबाट देजमोकी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार गिरफ्तार गरिएका अन्य नेता कार्यकर्ताहरुमा देजमो बाँकेका अध्यक्ष सुरेश ओली, प्रेम थापा, पार्टीका बर्दिया सेक्रेटरी विपिन रोकाय, हृदेव शाही, धुमबहादुर सिंहलगायत रहनुभएको छ ।
त्यस्तै प्रहरी दमनको क्रान्तिकारी माओवादी प्रदेश ५ र देजमो प्रदेश ५ समितिले निन्दा एंव घोर भत्र्सना गर्दै शिघ्र रिहाईको माग गरेको छ ।
त्यस्तै उपनिर्वाचन बहिस्कारसम्बन्धी पर्चा छरेको भन्दै प्रहरीले भक्तपुरको नगरकोटबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका दुई जना जिल्ला सदस्यलाई गिरफ्तार गरेको छ । उनीहरुलाई प्रहरीले उपनिर्वाचन बहिस्कारसम्बन्धी पर्चा छरेको आरोप लगाएको छ । पक्राउ पर्नेमा देजमोेका जिल्ला सदस्यहरु पदम लामा र कृणप्रसाद घेमसु रहेको मोर्चाका भक्तपुर सचिव रामहरि गणेजुले जानकारी दिनुभयो ।
त्यस्तै क्रान्तिकारी माओवादीका विरुद्ध ओली सरकार फासिवादी दमनमा उत्रिएको छ । शान्तिपूर्ण रुपमा गरिएका कार्यक्रमहरुमा समेत हस्तक्षेप गरी नेता कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गर्ने, झुठा मुद्दा लगाउने र अपराधीलाई झै हत्कडी लगाउन थालेको छ । सल्यानबाट मंगलबार गिरफ्तार गरिएका पार्टीका पीवीएम तथा कर्णाली प्रदेश सचिव सीपी शर्मा, केन्द्रीय सदस्य दीपकबहादुर शाही लगायतका नेता कार्यकर्ताहरुलाई हत्कडी लगाएको छ ।
पार्टी तथा पार्टी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको घोषित नीति तथा कार्यक्रम अनुसार मंसिर १४ को उपनिर्वाचन बहिस्कारको कार्यक्रममा सहभागि नेता कार्यकर्ताहरुका विरुद्ध राज्य दमन र धरपकडमा उत्रिएको छ ।
दाङको हापुरेमा आयोजित उपनिर्वाचन बहिस्कार सभालाई प्रभावित तुल्याउने गरी सभाको तयारीमा जुटेका पार्टीका केन्द्रीय सदस्यहरु हिरामणि दुःखी र निरज केसीलगायत ६ जनालाई गिरफ्तार गरी क्रान्तिकारी माओवादीविरुद्ध दमनमा उत्रिएको ओली सरकारले धरानबाट आइतबार शान्तिपूर्ण कार्यक्रम गरिरहेको अवस्थामा पार्टीका केन्द्रीय सदस्य मोहन लिम्बू र विमल लगायत नौ जना नेता कार्यकर्ताहरुलाई गिरफ्तार ग¥यो । मंगलबार सल्यानमा शर्मा र शाही लगायत ४ जनालाई गिरफ्तार गरेको ओली सरकारको प्रहरी प्रशासनले मंगलबारै राष्ट्रिय स्वाधीनताको विषयमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर फर्कदै गर्दा पार्टीका केन्द्रीय सदस्य फुर्नाम्गेल मोक्तानसहित ४ जनालाई गिरफ्तार ग¥यो ।
व्यापक विरोध भएपछि दाङ र सिन्धुपाल्चोकबाट गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई छाडिए पनि सल्यान र धरानबाट गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई छाडिएको छैन । उल्टै झुठा मुद्दामा फसाउने षड्यन्त्र भइरहेको क्रान्तिकारी माओवादीका नेताहरु बताउँछन् । मंगलबारै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले वक्तव्य जारी गरी गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुमाथि लगाइएको झुठा मुद्दा खारेज गरी अविलम्ब रिहाइ गर्न कडा चेतावानी दिएका छन् । १ नं. र ३ नं. पार्टी प्रदेश सचिवहरु रत्न र प्रवेशले वक्तव्य जारी गरी सरकारी दमनलाई क्रान्तिकारी र देशभक्तमाथि फासिवादी र निरंकुश हमला भन्दै सशक्त प्रतिरोधमा उत्रने चेतावानी दिएका छन् ।
पछिल्ला केही दिनयता क्रान्तिकारी माओवादी, सम्बद्ध संयुक्त मोर्चा देजमो लगायत पार्टीका जबस मोर्चाहरुले श्रृङ्खलाबद्ध देशव्यापी रुपमा राष्ट्रिय स्वाधीनता र उपनिर्वाचन बहिस्कारका कार्यक्रमलाई तीब्रता दिन थालेपछि ओली सरकार क्रान्तिकारी माओवादी विरुद्ध फासिवादी दमनमा उत्रन थालेको क्रान्तिकारी माओवादीका नेताहरुले बताएका छन् । मुलबाटोको आधारमा