नेपाल ट्रेड युनियन काग्रेंस नवलपरासीद्धारा शुभकामना आदानप्रदान
प्रकाश न्यौपाने
सुनवल – “श्रमको सम्मान गरौ, श्रम शक्ति नै राष्ट्र शक्ति हो” भन्ने मुल नाराका साथ नेपाल ट्रेड युनियन काग्रेंस नवलपरासी बर्दघाट सुस्ता पश्चिमले शुभकामना आदानप्रदान तथा जलपान विहिबार एक कार्यक्रमका विच सुनवलमा सम्पन्न गरेको छ ।
नेपाल ट्रेड युनियन काग्रेंस जिल्ला समिति नवलपरासीका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता तथा नेपाली कांगे्रसका कार्यवाहक सभापति अर्जुनकुमार पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि पोखरेलले ट्रेडले गरेको योगदानको उल्लेख गर्दै उहांले ट्रेड युनियनको एकताले मात्र श्रमको सम्मान हुने बताउनु भयो ।
कार्यक्रममा संविधान सभा सदस्य बिक्रम खनाल, देवकरण कलवार, जिल्ला समन्वय समिति अध्यक्ष शिव शंकर राय, प्रदेश संसाद बैजनाथ जैसवाल, सुनवल नगरपालिकाका मेयर भरत थापा, रामगा्रम नगरपलिकाका मेयर नरेन्द्र कुमार गुप्तालागायतले शुभकामना कन्तव्य दिनुभएको थियो । कार्यक्रममा सुनवल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राम लामा, वडा नं १२ का वडा अध्यक्ष यमलाल पाण्डे , महासमिति सदस्य बिष्णु प्रसाद पौडेल, महाधिवेसन प्रतिनिधि र्दिघ बहादुर केसी, क्राउनका केन्द्रिय अध्यक्ष देबि गुरुगं, लगायतको उपस्थिति रहेको थियो ।