पत्रकार बोहराको उपचारका लागि पत्रकार महासंघ पश्चिम नवलपरासीको १० हजार सहयोग
नवलपरासी- पत्रकार अर्जुन बोहराको उपचारका लागि नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाले १० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएको जनाएको छ ।पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्षसमेत रहेका बोहराको मस्तिष्क घात भई काठमाण्डौं बाँसबारीस्थित न्यूरो अस्पतालको आइसीसीयूमा उपचार भइरहेको छ । बोहराको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि महासंघ केन्द्रीय समितिले अपिल गरेपछि रकम उपलब्ध गराएको जिल्ला शाखा अध्यक्ष हरि शर्माले बताउनुभयो ।
उक्त रकम पत्रकार बोहराको दाजुको बैंक खातामा पठाइएको शाखाले जनाएको छ । बोहरालाई सहयोग गर्नका लागि राष्ट्रिय बाणिज्य बैक सिमिकोट शाखामा उनका दाजु बिष्णु बोहराको ४१९०००४९२७१० मा रकम पठाउन सकिने नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष रवि पाण्डेले जानकारी दिनुभयो ।