जबरजस्ती करणीको अभियोगमा मुद्धा दायर

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट –२ चिसापानी बस्ने देवबहादुर विकलाई प्रहरीले जवरजस्ती करणीको मुद्धा दायर गरेको जनाएको छ ।

जुम्ला घर भई बर्दघाट बस्दै आएकी १८ बर्षीय एक किशोरीले विकले आफुलाई बलात्कार गरेको प्रहरीमा जाहेरी दिएपछि विकलाई जवरजस्ती करणीको मुद्धा दायर गरेको जिल्ला प्रहरी कायाृलय पश्चिम नवलपरासीका सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले बताउनुभयो । विकलाई ईलाका प्रहरी कार्यालय बर्दघाटले जबरजस्ती करणीको अभियोगमा दशै अघि पक्राउ गरेको थियो ।

You might also like