फेसबुक बाट संकलित रकमबाट छात्राका लागि ‘सेनेटरी प्याड’

२ लाख ८५ हजार ३ सय ९२ आम्दानी

0

नवलपरासी ८ असोज : सुन्दा अचम्म लाग्ला ! धेरै मानिसहरु फेसबुक चलाएर ‘टाइम पास ‘गर्छन धेरैले फेसबुकमा रमाएर काम धन्दा नै छोड्छन । तर सामाजिक संजाल परिचालनबाट आय गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ बर्दघाट ४ को एउटा महिला सहकारी । यहाँको दाउन्नेदेवी महिला बहुउद्धेश्शीय सहकारी संस्थाले फेसबुकमार्फत सामाजिक तथा आर्थिक काम गर्दै आइरहेको छ ।

सहकारीले फेसबुकमा आफ्ना सदस्य तथा गैर सदस्यहरुको ‘जन्मदिन तथा विवाह बार्षिकी’मा शुभकामना पोष्ट गरेर १० महिनामा २ लाख ८५ हजार ३ सय ९२ आम्दानी गरेको हो । यो आम्दानी सहकारीले आफुले भने खर्च गर्दैन । सहकारीले यसलाई बर्दघाट नगरका बिभिन्न बिद्यालयमा अध्ययरत छात्राहरुको लागि रजस्वला हुदाँ प्रयोग गर्न सेनेटरी प्याड प्रदान गर्ने अक्षय कोष बनाउन प्रयोग गर्ने सहकारीको योजना छ । यसमा प्रति सदस्य २५ रुपैया संकलन गरी सहकारीले १ लाख ९ हजार ८ सय ७५ रुपैया बनाएको ब्यवस्थापक हिरादेवी शाहीले बताउनुभयो । सहकारीले दिनँहु जसो फेसबुकमा स्थानीयको जन्मदिन तथा विवाहबार्षिकी पोष्ट गर्छ । त्यो वापत ती ब्यक्तिबाट स्फूर्त संकलन भएको रकमले छात्राहरुका लागि खर्च गर्ने योजना बनाएको हो । यस अघि सहकारीले बर्दघाट नगरका राष्ट्रि«य मावि जिमिरेभार ,नित्यानन्द निरकु मावि जहदाँ र ज्ञानज्योति माविमा प्रति बिद्यालय ५० हजारको अक्षयकोष खडा गरेको थियो ।सो सो अक्षयकोषबाट प्राप्त ब्याजबाट बिद्यालयका छात्राहरुका लागि सेनेटरी प्याड खरिद गर्न सकिने नियम बनाएको सहकारीले जनाएको छ । यसरी नै बर्दघाट नगरका सबै बिद्यालयमा अक्षय कोष बनाउन सहकारी लागेको अध्यक्ष देवी पौडेलले जानकारी दिनुभयो ।

You might also like