बंगलामुखी मन्दिरमा नयाँ नेतृत्व
९ सदस्सीय समिति
नवलपरासी – बंगलामुखी दुर्गा मन्दिर दिब्यनगर शान्तिनगरको नयाँ समिति बिहीवार चयन भएको छ । ९ सदस्सीय समितिको अध्यक्षमा सीता पाण्डे उपाध्यक्षमा श्रीधर भट्टराई सचिवमा सुर्य पाण्डे सहसचिवमा राधा गैरे कोषाध्यक्षमा नन्दलाल न्यौपाने र सदस्यहरुमा जानुका न्यौपाने सिता बस्याल हुमनाथ सापकोटा लगायत चयन हुनुभएको छ ।
कृष्णपाल भट्टराईको अध्यक्षता बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यता वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा कमानसिं थापा , गौमाया गिरी लेखनाथ पौडेललगायतले शुभकामना ब्यक्त गर्नुृभएको थियो । कार्यक्रममा संचालन श्रीधर भट्टराई र आयब्यय सुर्य पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।