अखिल (क्रान्तिकारी) रुपन्देहीको भेला सम्पन्न

प्रदेश पाँचमा संगठन विस्तार तीब्र

0

रुपन्देही – नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी) रुपन्देहीको भेलाले संगम भ्यु थापाको संयोजकत्वका २७ सदस्सीय जिल्ला समिति चयन गरेको छ । आइतवार बुटवलमा भएको सो भेलाले जिल्लाका सबै शैक्षिक संस्थामा संगठन विस्तार गर्दै जिल्ला सम्मेलन गर्ने निर्णय गरेको थियो ।


कार्यक्रममा प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा प्रदेश संयोजक महेश श्रेष्ठले शैक्षिक माफियाको बिरुद्ध संगठन लागि पर्ने बताउदै त्यसका लागि तयार हुन बिद्याथीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी प्रेम सुवेदी रुपन्देही सेक्रेटरी विनोद मरासिनी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
त्यस्तै अखिल क्रान्तिकारीले प्रदेश पाँचमा संगठन विस्तार तीब्र बनाएको छ । अभियान अन्तरगत प्रदेशका जिल्लामा संगठन विस्तार तीब्र बनाइएको हो । अभियानमा रुपन्देहीको जिल्ला भेला पछि नवलपरासीका शैक्षिक संस्थाहरुमा संगठन विस्तारको तयारी भएको बताइएको छ ।

You might also like