अनेमसंघ (क्रान्तिकारी) सुर्खेतको भेला सम्पन्न

सच्चा कम्युनिष्टहरुबीच धुब्रीकरणको आवश्यकता

0

दिनेश बुढा सुर्खेत – नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सुर्खेत जिल्लाको ११ सदस्यीय समिति शनिबार गठन गरिएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भेलाले जानकी चन्दको अध्यक्षतामा जिल्ला समिति चयन गरिएको हो । यस्तै उपाध्यक्षमा सुर्य कुमारी थापा, सचिवमा शान्ति थापा, सदस्यहरूमा शान्ता शाही, तुल्सी कुमारी सिंह, गायत्री सुवेदी, सुष्मा भण्डारी, मिना लामिछाने, अनिसा सुनारलगायत रहनुभएको छ ।
बैठकले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सुर्खेतको सम्मेलन यहि २०७६ मंसिर महिना भित्रमा गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य सिपी शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षण दिदै प्रमुख अतिथि शर्माले महिला मुक्तिका लागि महिलाहरु संगठित हुनुपर्नेमा जोड दिदै सच्चा कम्युनिष्टहरुबीच धुब्रीकरणको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा पार्टी जिल्ला सेक्रेटरी एसबीको समेत बिशेष आतिथ्यता थियो । कार्यक्रम अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला संयोजक जानकी चन्दको अध्यक्षतामा भएको थियो ।

You might also like