ग्रामीण साकोसलाई ‘एशियाली ब्राण्ड’

सबैको अथक प्रयासबाट प्रगति -अध्यक्ष हमाल

0

रवि पाण्डेय बर्दघाट – ग्रामीण साकोसले एशियालीस्तरको ‘एक्सेस ब्राण्ड’ प्राप्त गरेको छ । पश्चिम नवलपरासीको बर्दघाटमा मुख्य कार्यालय रहेको ग्रामीणले एशियालीस्तरको गुणस्तर ब्राण्ड प्राप्त गरेका हो ।

आफनो सेवाको गुणस्तर प्रभावकारी रुपमा अगाडि बढाउदै लगेको यो संस्थाले लगातार पांच पटक नेपालस्तरको प्रोब्यासन ब्राण्ड प्राप्त गर्दै गतबर्ष प्रदेशको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको थियो । यस सहकारीमा साउन २८ गते एक्सेस ब्राण्डका लागि अन्तिम लेखापरिक्षण समेत गरिएको थियो ।

संस्थाका अध्यक्ष रविन्द्रबिक्रम हमालले सबैको अथक प्रयासबाट साकोसले यो प्रगति हासिल गरेको बताउनुभयो । यस अघि एसियाली ऋण महासंघबाट सुपरिबेक्षकका रुपमा आउनुभएका कामोन हो र नेफ्स्कुनका प्रेम वाग्ले सहितको टोलीले साकोसको अनुगमन तथा सुपरिबेक्षण गरेको थियो । शुद्ध संस्थागत पँुजी, वचत तथा ऋणको अनुपात ,खर्च अनुपात र संस्थाको दिगोपन लगायत ८६ सुचक पार गरेपछि एसियालीस्तरको ब्राण्ड दिने गरिन्छ । ग्रामीण साकोसको आर्थिक बर्ष ०७५÷०७६ सम्म ५ करोड १२ लाख शेयर पुजी, ३५ करोड ९४ लाख ८२ हजार ८३३ रुपैया वचत १ करोड ७१ लाख २५ हजार ५८५ रुपैया मुनाफा गरेको छ । साकोसका ब्यवस्थापक अनन्त पाण्डेका अनुसार संस्थका ७ हजार १ सय ८६ जना शेयर सदस्य र १६ जना कर्मचारी कार्यरत छन ।

 

You might also like