क्रान्तिकारी माओवादीको एक महिने अभियान उद्घाटन

0

नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीले शनिवार एक कार्यक्रम बीच एक महिने अभियान उद्घाटन गरेको छ । क्रान्तिकारी माओवादीले छुट्टा छुटटै कार्यक्रम गरी बैचारिक प्रशिक्षण तथा अभियान उद्घाटन गरेको हो ।


कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव प्रमोदले क्रान्तिकारी माओवादी मात्र राष्ट्रको बैकल्पिक शक्ति रहेको उल्लेख गर्दै पार्टीले संगठन संगै संर्घषको तयारी गरेको बताउनुभयो ।
उहाँले भष्ट्र दलाल तथा माफियाबिरुद्धका संर्घषलाई तीब्र बनाउदै जनतामा स्थापित पार्टी बनाउन कार्यकर्ताले मिहनेत गर्नुपर्ने आवश्यकता माथि प्रकाश पार्दै सच्चा क्रान्तिकारी पार्टी क्रान्तिकारी माओवादी मात्र रहेको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एंव जिल्ला ईञ्चार्ज जिवराजले समेत प्रशिक्षण दिनुभएको बताइएको छ ।


कार्यक्रममा पार्टीका प्रदेश सदस्य संकल्प र रामप्रसादको समेत उपस्थिति थियो ।
कार्यक्रम सो पार्टीको जिल्ला सेक्रेटरी चोलाको अध्यक्षतामा भएको थियो । संगठन तथा जनपरिचालन अभियानमा संगठन विस्तारका साथै स्थानीय अन्तरबिरोधको पहिचानसंगै जनसंर्घष, बर्गसंर्घष र प्रतिरोध संर्घष उठान गर्ने योजना रहेको एक जिल्ला सचिवालय सदस्यले बताए ।

You might also like