नेपालको ठूला मिडियामा ‘छद्म’ लगानी – महासचिव बैद्य

0

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले ठूला मिडियामा छद्म खालको लगानी रहेको बताउदैं त्यसैले नेपालका मिडियाले सामाज्यवादी– विस्तारवादी दलालीको प्रबृति रहेको बताउनुभएको छ ।

काठमाण्डौ स्थित ईच्छुक प्रतिष्ठान घट्टेकुलोमा आयोजित क्रान्तिकारी पत्रकार महासंघको ऐतिहासिक राष्ट्रिय सम्मेलनपछिको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै बैद्यले राष्ट्रियताको सवालमा समेत मिडिया संबेदनहीन बनेको बताउनुभयो । नेपालका मिडियामा छद्म लगानी छ – बिभिन्न ठूला मिडियाको प्रबृतिबारे ब्याख्या गर्दै बैद्यले भन्नुभयो –मिडिया खतम छन राष्ट्रियताबारे पनि संबेदनहीन छन् ।
त्यस्तै मिडिया ब्यवस्थित नभएको मौका पारेर सरकारले मिडिया काउन्सिल विद्येयक ल्याएको उल्लेख गर्दै बैद्यले त्यो सरकारी रबैया पनि गलत रहेको बताउनुभयो । उहाँले भन्नुभयो – मिडिया काउन्सिल विधेयक ल्याउनु ठिक हो । राज्य विरुद्ध सञ्चालित मिडियाहरुलाई कन्ट्रोल गर्नु पर्दछ तर यो काउन्सिल विधयक गलत ढंगले आयो, राम्रो गर्नेलाई कारवाही गर्ने ढंगले यो विधेयक ल्याइयो ।
उहाँले केपी ओली र प्रचण्ड नेतृत्वको सरकारी पार्टीले कम्युनिष्टहरुको बदनाम गरेको भन्दै त्यही कुरालाई टेकेर मिडियाले कम्युनिष्ट बिरोधी प्रचारवाजी गरेको बताउनुभयो । ओली प्रचण्डको पार्टीलाई हेरेर कम्युनिष्टहरु खत्तम र काम नगर्ने छन भन्ने प्रचार गरिदैछ – महासंघ आबद्ध पत्रकारलाई निर्देशन दिदै महासचिव बैद्यले भन्नुभयो– अब क्रान्तिकारी पत्रकारले आफनो भुमिका बढाउनुपर्दछ ।
फरक प्रसंगमा बैद्यले सरकारलाई मिडियाले आलोचना गर्न थालेपछि सरकारको नेतृत्व गर्नेहरुमा मिडियालाई चिढ्यायो भने सरकार ढल्छ भन्ने त्रास रहेको जिकिर गर्नुभयो । सरकारको डिफेन्सका कोही छैन केपी ओली र गोकुल बास्कोटाको एकहोरो रटान मात्र छ – उहाँले दावी गर्नुभयो –उनको सरकारी मिडिया समेत डिफेन्समा छैन ।
नेता बैद्यले मिडियाले क्रान्तिकारी पार्टी र नेतृत्वको बिरुद्ध बिषवमन गर्दा क्रान्तिकारी पत्रकारले डिफेन्स गर्ने क्षमता राख्नुपर्ने बताउनुभयो ।
उहाँले भेनेजुयलाको हस्ताक्षेप बिरुद्ध प्रचण्डले बक्तब्य निकालेर फेस सेभिङ गरेपनि अमेरिका भम्रण र एसिया प्यासिफिक रणनितिमा संलग्न भएर सरकारले राष्ट्रियता बिरोधी काम गरेको बताउनुभयो ।
त्यस्तै नेपालका मिडिया र बुद्धिजिवीहरुले जम्मु कश्मिरमा भाजपा र भारतीय सरकारले गरेको हस्तक्षेपको बिरोध नगर्नुलाई बिचित्रको संज्ञा दिनुभयो । बिचित्र छ उल्टै मोदीले ठिक गरे पो लेख्छन .भन्छन –नेता र्बैद्यले भन्नुभयो ।
त्यस्तै शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको क्रान्तिकारी पत्रकार महासंघको केन्द्रिय कमिटिको वैठकले मिडिया काउन्सिल विधेयक विरुद्ध प्रदेश प्रदेशबाट आन्दोलन उठाउने निर्णय महासचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघमा सरकारी कर्मचारी, जनप्रतिनिधि पनि सदस्य रहेकोले सदस्यता शुद्धिकरणका लागि पहल गर्ने, पत्रपत्रिका वर्गीकरणमा पहुँचको आधारमा विभेद भएको ठहर गर्दै त्यस्तो नगर्न र पत्रिका वर्गीकरणमै परेको बर्षदेखि सरकारबाट पाउने सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग गर्ने निर्णय समेत गरेको छ ।
वैठकले जनपक्षीय पत्रकारिता नामक मुखपत्र प्रकाशन गर्ने निर्णय समेत गरेको सचिव रनसुर महतराले बताउनुभयो । त्यसका लागि सम्पादन र ब्यवस्थापन समिति समेत गठन गरिएको छ । बैठकले साउनदेखि मंसिर सम्मको कार्ययोजना समेत पारित गरेको छ । महासचिव रामकुमार श्रेष्ठको सञ्चालनमा भएको वैठक अध्यक्ष इन्द्र राउतको अध्यक्षतामा भएको थियो । वैठकमा नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य रामसिंह श्रीस, क्रान्तिकारी पत्रकार महासंघका सल्लाहकार हिरामणि दुखीले प्रशिक्षण प्रदान गरेको बताइएको छ ।
जनपक्षीय मिडिया सम्मेलनको आयोजना गर्ने
त्यस्तै क्रान्तिकारी पत्रकार महासंघले श्रमजिवीहरुद्धारा संचालित स्वरोजगारमुखी मिडियाको समस्याको पहिचान र समाधानको उपायबारे प्रथम जनपक्षीय मिडिया सम्मेलन –२०७६ आयोजना गर्ने निर्णय गरेको छ ।
मंसिर पहिलो साता देशैभरका साना लगानीमा संचालन भएका स्वरोजगारमुखी मिडियाहरुको सहभागितामा सो सम्मेलन आयोजना हुनेछ । सो कार्यक्रमले जनपक्षीय मिडिया घोषणापत्र समेत जारी गर्ने बताइएको छ ।

You might also like