ग्रामीण साकोसको सुत्केरी भेटघाट लोकप्रिय बन्दै

0

बर्दघाट – ग्रामीण साकोसले संचालन गरेको सुत्केरी भेटघाट कार्यक्रम लोकप्रिय बन्दै गएको छ । यो कार्यक्रममा शेयर सदस्य महिला सुत्केरी हुदाँ हर्लिक्स , भोटो र सगै खुत्रुके समेत दिइन्छ । पश्चिम नवलपरासीको बर्दघाटमा मुख्य कार्यालय रहेको ग्रामीणद्धारा गठित ग्रामीण सचेत महिला समुहमा आबद्ध भएका महिला सदस्यहरुले सुत्केरी आमालाई हर्लिक्स संगै नवजात शिशुलाई भोटो र बचतका लागि खुत्रुके प्रदान गर्दै भेटघाट गर्ने गर्दछन ।


सुत्केरी आमाको पोषणका लागि हर्लिक्स, बाल सुरक्षाका लागि भोटो र भविष्य सुरक्षित बनाउनका लागि वचत आवश्यक पर्ने भएको हुदाँ सहकारीले यस्तो कार्यक्रम संचालन गरेको ग्रामीण साकोसका अध्यक्ष रविन्द्र बिक्रम हमाल बताउनुहुन्छ ।
यसबाट राम्रै फिडब्याक पाएका छौ – अध्यक्ष हमालले स्थानीयपत्रलाई भन्नुभयो – महिला समुह पनि गजब सक्रिय हुन पुगेको छ ।
यसअघि ग्रामीणले सचेत महिला समुह गठन गर्दै समुहलाई सहकारी क्षेत्रमा परिचालन गर्दै आएको थियो । समुहले जनचेतनाका साथै महिलाहरुको ब्यक्तित्व विकासका लागि काम गर्दै आएको छ ।
शेयरधनी महिला सुत्केरी भए समुहमा आबद्ध महिलाहरु सहकारीको पोषाकमा सुत्केरी भेटघाटमा तल्लिन हुन्छन ।
त्यस्तै सहकारीका ब्यवस्थापक अन्नत पाण्डेले यो कार्यक्रम शेयरसदस्य महिला बीच निकै लोकप्रिय र प्रभावकारी बन्दै गएको दावी गर्नुभयो ।

You might also like