स्टेशन म्यानेजरले अध्यक्ष माथि हातपात गरेपछि
बर्दघाट -बर्दघाटस्थित त्रिवेणी सामुदायिक टेलिभिजनका स्टेशन म्यानेजर कुश्माकर ढकाल कृष्णलाई टेलिभिजन संचालक समितिले बुधवार निस्कासन गरेपछि टेलिभिजन परिसरमा विवाद भयो । म्यानेजर ढकाललाई संचालक समितिबाट निर्णय नगरी प्राबिधिक कर्मचारीको बिज्ञापन आब्हान गरेको भन्दै समितिको बैठकबाट अवकाश दिई कारवाही गरेपछि भनाभन हुदाँ अध्यक्ष ढकाललाई स्टेशन म्यानेजर ढकालले हातपात गरेको बताइएको छ । समितिको निर्णयपछि म्यानेजर ढकाललाई कारवाही गरिएको अध्यक्ष भोजराज ढकालद्धारा हस्ताक्षरित उक्त सुचना टेलिभिजनको सुचना पाटीमा टासिएको थियो । सो कारवाही पत्रमा समितिको निर्णय विना कर्मचारी आब्हान गरेको, आफु खुसी मनोमानी गरेको ,संस्थाको हित विपरित कार्य गरेको ,संस्थाको आधिकारिक फेसबुकको दुरुपयोग सहित पदको दुरुपयोग गरेकोले आजको मितिबाट हटाइएको उल्लेख गरिएको छ । कारवाही पत्रमा पटक पटक म्यानेजर ढकाललाई गल्ती सच्चाउनका लागि आग्रह सहित स्पष्टीकरण मागेको समेत बताइएको छ ।
संचालक समिति स्रोतका अनुसार बिगत बर्षमा पनि स्टेशन म्यानेर ढकालले संस्था बिरोधी काम गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । यस पटक पनि सफाईका लागि मौखिक र लिखित रुपमा पटक पटक स्पष्टीकरण लिएको एक संचालकले बताए । ती संचालकका अनुसार संचालक समितिले कारवाही गर्नु अघि ढकाललाई बैठकमा समेत बोलाएर छलफल गर्दा उल्टै संचालक समितिलाई कारवाही गरेर देखाउन ठाडै चुनौती दिएको बताइएको छ । यसबारे स्टेशन म्यानेजर ढकालले आफुलाई कारवाही गर्ने तौरतरिका प्रति सहमत हुन नसक्ने जिकिर गर्नुभयो ।
यसरी भयो विवाद
टेलिभिजनका अध्यक्ष भोजराज ढकालले स्टेशन म्यानेजर ढकालसंग स्टेशनको साँचो माग्दा नदिएपछि त्यहाँ विवाद भएको जनाइएको छ । अध्यक्ष ढकालका अनुसार स्टेशन म्यानेजरसंग सांचो माग्दा म्यानेजर ढकालले टेलिभिजनमा तालाबन्दी गर्न खोजेपछि भनाभन भएको थियो । उक्त विवाद पछि स्टेशन म्यानेजर ढकालले अध्यक्ष ढकाल माथि हातपात गरेको बताइएको छ । दुवै जनालाई टेलिभिजन वरपरका स्थानीयले छुटयाएको प्रत्यक्षदर्शीले बताए । विवाद बढदै गएपछि पछि टेलिभिजनमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरीलाई समेत गुहारिएको थियो । प्रहरीले म्यानेजर ढकाललाई सोधपुछका लागि भन्दै गाडिमा हालेर करिब ३ घण्टा नियन्त्रणमा लिएको थियो । तीन घण्टा प्रहरी नियन्त्रण पछि नेकपा नेता तथा प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीसहितका नेताको रोहवरमा आवश्यक पर्दा ल्याउने गरि छाडिएको थियो । यस बारे प्रतिक्रिया लिनका लागि सांसद अधिकारीको मोबाइलमा सम्पर्क गर्दा उहाँको मोबाइलमा कल रिसिभ हुन सकेन ।