बुटवल र काठमाण्डौमा यसरी जलायो क्रान्तिकारी पत्रकार महासंघले बिद्येयक

0

काठमाण्डौ – क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ५ बाट शुरु भएको मिडिया काउन्सिल विद्येयक जलाउने अभियान अन्तरगत महासंघले प्रहरीको हस्तक्षेप बाबजुद काठमाण्डौमा उक्त बिद्येयक जलायो ।

‘मिडिया काउन्सील विधेयक खारेज गर’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘पत्रकारमाथिको बढ्दो आक्रमण बन्द गर’, ‘पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको ग्यारेन्टी गर’, ‘सम्पूर्ण प्रेस विरोधी ऐन कानूनहरु खारेज गर’लगायतका नारा लेखिएका प्ले(कार्डसहित प्रदर्शनमा उत्रिएका पत्रकारहरुलाई प्रहरीले धरपकड गरेको थियो ।

क्रान्तिकारी पत्रकार महासंघका नेताहरुले नेपाल पत्रकार महासंघको जारी आन्दोलनको समर्थन, ऐक्यबद्धता तथा खबरदारीको लागि विधेयक जलाएको बताएका छन् । यसअघि महासंघले बुटवलको मिडिया चोकमा पनि विधेयक जलाएको थियो । महासंघले ७ वटै प्रदेशमा विधेयक जलाउने निर्णयसमेत गरेको थियो । विरोध प्रदर्शनमा क्रान्तिकारी पत्रकार महासंघका पूर्वअध्यक्ष कुमार शाह, वर्तमान अध्यक्ष इन्द्र राउत, महासंघका सचिव तथा ३ नं। प्रदेश संयोजक रनसुर महतरा, सचिव अनु निरौलालगायत संगठनका केन्द्रीय सदस्यहरु, प्रदेश तथा जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

You might also like