गाई बस्ने म्याट वितरण

0

नवलपरासी ४ बैशाख – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सिर्जनशिल उन्नत नश्ल गाई विकास स्रोत केन्द्रमा आबद्ध १६ ब्यवसायिक फार्मका अगुवा कृषकलाई बुधवार गाई बस्ने म्याट बितरण गरेको छ ।

नगरपालिका अन्तरगत रहेका १६ वटा फार्मको सुधारका लागि नगरपालिकाले प्रति गाई फार्म तीन वटाका दरले ४८ थान म्याट वितरण गरेको हो । वितरण कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले ब्यवसायिक कृषकहरुका लागि नगरले कार्यक्रम थप गर्दै लैजाने प्रतिबद्धता गर्दै यो शुरुवात मात्र भएको बताउनुभयो । कार्यक्रममा उपप्रमुख मायादेवी पौडेल प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पाण्डे स्रोत केन्द्रका अध्यक्ष रामप्रसाद पौडेल लगायत सहभागी हुनुभएको पशु सेवा शाखाका अभिशेक लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमका लागि भ्याक्सिन सहित ४ लाख बजेट विनियोजन भएकोमा प्रति म्याट ७ हजारका दरले ४८ थान म्याट वितरण गरिएको हो । त्यस्तै म्याट पाएपछि कृषकहरुले नगरले केही राम्रो कामको शुरुवात गरेको प्रतिक्रिया दिएका थिए । अगुवा कृषक लेखक प्रसाद सापकोटाले नगरले सानै भएपनि राम्रो शुरुवात गरेको भन्दै आगामी बर्षबाट नगरले थप कार्यक्रम ल्याउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

You might also like