दैलेखमा स्थानीय सरकार आतंकित स्थानीय सरकारप्रमुखसंग सिडियोको आपतकालीन बैठक

0


दैलेख फाल्गुन २९ : विप्लव नेतृत्वको नेकपाका कारण दैलेखमा स्थानीय सरकारमा आतंक मच्चिएको छ । दैलेखका ११ वटै स्थानीय सरकार प्रमुखहरुले विप्लव समुहको आंतकका कारण आफुहरुको सुरक्षामा चुनौती रहेको भनेपछि प्रमुख जिल्ला अधिकारीले ११ वटै स्थानीय सरकारसंग आपतकालीन बैठक गरेको छन् । सोमवार दैलेखमा आएका कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशबिक्रम शाहसंग स्थानीय सरकारका प्रमुखहरुले विप्लव समुहले चन्दा माग्ने, राजीनामा माग्ने समस्याका कारण आफुहरुको समस्यामा परेको बताएपछि बुधवार प्रमुख जिल्ला अधिकारीले ११ स्थानीय सरकार र जिल्ला सुरक्षा समितिको सयुक्त बैठक बोलाएका हुन् । दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख उप्रमुखलगायत वडा अध्यक्षसम्मलाई पदबाट राजिनामा दिन पत्राचार गरेसँगै चन्दाको चिठी मागेर धम्की दिएपछि प्रमुख जिल्ला अधिकारीले ११ स्थानीय तहलाई बोलाएर शान्ती सुरक्षाको ब्यबस्था गर्न आफु सक्षम रहेको भन्दै ढुक्क भएर काम गर्न स्थानीय सरकारलाई आग्रह गरेका हुन् । उनले चन्दा दिने र लिने दुबै सत्रु भएको भन्दै त्यस्तो भएमा कार्वाही प्रक्रिया अगाडी बढ्ने बताए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुर प्रसाद पोखरेलले चन्दा मागे भनेर कसैले पन्छिन नमिल्ने भन्दै आफुले दिएको चन्दाले आफैलाई खतरा हुने बताए ।

You might also like