चन्द समूह कानुनी प्रक्रियाबाट निस्तेज हुन्छ : गृहमन्त्री

0


सुर्खेत — गृहमन्त्री रामबहादुर थापाले नेक्रविक्रम चन्द नेतृत्वको नेकपालाई कानुनी प्रक्रियाबाटै निस्तेज पारिने बताएका छन् । हामीले हिजो उनीहरुका गतिविधिलाई उन्मुक्ति दिँदा हौसला बढेको मात्र हो, यो खासै ठूलो चुनौतीको विषय होइन, उनले भने, संविधान हातमा लिएर गतिविधि गरे कानुनी प्रक्रियाबाट निष्तेज पारिनेछ।लोकतान्त्रिक प्रक्रियाबाट वार्तामार्फत समस्या समाधान गर्न पनि सरकार तयार रहेको उनले बताए।
गृहमन्त्री थापाले हिजो माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दाजस्तो युद्धका लागि वस्तुगत आधारसमेत नभएको बताए। उतिबेला राज्यसत्तामा थुप्रै त्रुटि थिए, विद्रोहमा जनताको पनि समर्थन थियो, उनले भने, अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई राज्यसत्तामा रहेका समस्या समाधान भइसकेका छन्, यस्तो अवस्थामा कसैले विद्रोह गर्छु भन्दैमा सफल हुँदैन। जनताको समर्थन नहुँदा चन्द नेतृत्वको नेकपा आफै निष्तेज हुने पनि उनले बताए। सीके राउतको प्रसंगमा गृहमन्त्री थापाले छुट्टै देशको नारा दिएर अघि बढिरहेको समूहलाई मूलप्रवाहमा ल्याइनुलाई सफलताको रुपमा औंल्याए। यसले देशको शान्ति सुरक्षालाई बलियो बनाउन टेवा पुर्‍याएको उनको भनाइ थियो।

You might also like