क्षयरोग परिक्षण सम्पन्न

0

नवलपरासी १२ फागुन – पश्चिम नवलपरासीको बर्दघाट नगरापालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग परिक्षण आइतवार दाउन्नेदेवी हेल्थपोष्टमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १४ , १५ र १६ का सेवाग्राहीहरुका लागि राष्टिय क्षयरोग कार्यक्रम अन्तरगत प्रयोगशालाबाट टाढा रहेका बस्तीहरुमा माइक्रोस्कोपद्धारा क्षयरोग पत्ता लगाउने कार्यक्रम अनुसार खकार परिक्षण गरिएको हो । स्वास्थ शाखा प्रमुख कृष्ण हरि पौडेलका दिएको जानकारी अनुसार कार्यक्रममा ८० जनाको खकार नमुना लिइएको थियो । तीनदिन भित्र खकार परिक्षणको रिर्पाेट आउने र क्षयरोग भएकाहरुलाई निशुल्क औषधिको ब्यवस्था समेत हुने उहाँले बताउनुभयो । परिक्षणमा स्वास्थ्य शाखाका साथै दाउन्नेदेवी हेल्थपोष्टका स्वास्थ्यकर्मीहरु खटिएका थिए ।

You might also like