ग्रामिण साकोसद्धारा बितीय लक्ष्यको करिब ९३ प्रतिशत प्रगति सार्वजनिक

0

बर्दघाट १८ माघ – ग्रामिण साकोस बर्दघाट ४ ले आफ्नो बितीय लक्ष्यको करिब ९३ प्रतिशत प्रगति गरेको सार्वजनिक गरेको छ । साकोसले चालु आर्थिक बर्ष २०७५।०७५ को अर्ध बार्षिक लक्ष्यमा ९२.२८ लक्ष्य हासिल गरेको हो । संस्थाले शुक्रवार अर्ध बार्षिक समिक्षा कार्यक्रम गरी सो तथ्याँक सार्वजनिक गरेको थियो । संस्थाले वचत संकलन, आम्दानी खर्च र कुल पुजी बृद्धिमा लक्ष्य भन्दा बढि प्रगति गरेको पाइएको छ । त्यस्तै शेयर पुजी बृद्धि र ऋण लागनीमा भने संस्थाले लक्ष्य चुम्न सकेको छैन । तर, नेफ्स्ुकनद्धारा प्रोब्यासन ब्राण्ड प्राप्त यस संस्थाले अर्धबार्षिक अबधिमा सबै सुचकमा औसत ८०. २० प्रतिशत लक्ष्य हासिल गरेको छ । ६ हजार ४२२ शेयर सदस्य रहेको ग्रामिण साकोसको अर्धबाषिक अबधि सम्म ४६ करोड ४३ लाख २०४ रुपैया रहेको छ । मुख्य कार्यालय बर्दघाट ४ मा रहेको संस्थाको भुताहा र जहदामा सेवा केन्द्र समेत रहेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालले आफ्नो संस्था बर्दघाट सुस्ता पश्चिमको सबै भन्दा धेरै शेयर सदस्य र पुजी रहेको संस्था बताउदै बाकी बार्षिक लक्ष्य आर्थिक बर्ष भित्रै पुरा गरिने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारीले संस्थाले गरेको प्रगतिको चर्चा गर्दै अझ नमुना बनाउन लागि पर्न शुभकामना दिनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारीको प्रमुख आतिथ्यता सचिव कृष्णहरि पौडेलको संचालनमा भएको थियो ।

You might also like