उत्पतेश्वर शिवालय मन्दिरमा शिवमहापुराणको तयारी तिब्र
बर्दघाट माघ १६ बर्दघाट ४ बाढिपिडितमा रहेको उत्पतेश्वर शिवालय मन्दिरमा यहि माघ २७ गते देखि सुरु हुने शिवमहापुराण धन धान्याञ्चल ज्ञान महायज्ञको तिब्र पारिएको छ । महायज्ञ लाग्ने स्थलमा आवश्यक विभिन्न संरचना निर्माण गर्ने कार्य समेत सुरु भएको छ । उपसमितिहरुले समेत आ आफ्नो जिम्मेवारी अनुसारका कार्यलाई तिब्रताका साथ अगाडि बढाउदै गैरहेका छन् । मन्दिर परिसरमा रङ्गरोगन गर्ने काम गरिएको छ । महायज्ञलाई सफल बनाउनका लागि प्रचार प्रसारको कार्यलाई समेत तिब्रता दिईएको छ । महायज्ञ सुरु हुनु अगावै बाढिपिडित क्षेत्रलाई आकर्षक रुपमा सझाउने तयारी समेत भैरहेको मुल आयोजक समितिका महासचिव हरिरञ्जन पौडेले जानकारी दिनुभएको छ । महायज्ञमा अठार पुराणका ज्ञाता वाल व्यास नारायण न्यौपानेको मुखारबृन्द वाट झांकी सहित संगितमय शिव महापुराण कथा वाचन हुने बताईएको छ । महायज्ञमा शिवमहापुराण कथा वानका अलावा दैनिक लक्षवत्ति प्रज्वलन, एक हजार एक सय ११ शालिग्राम दर्शनको ब्यबस्था समेत गरिएको मुल आयोजक समितिका संयोजक केयर सिंह गौतमले बताउनुभयो । दैनिक रुपमा स्थानिय भजन मण्डलीहरुको प्रस्तुतीहरु समेत रहने छ ।उत्पतेश्वर शिवालय मन्दिरमा १ सय ८ शिव लिङ्ग निर्माण , सुविधा सम्पन्न सभाहल निर्माण संगै मन्दिरको स्तर उन्नतिका लागि शिवमहापुराण धन धान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा आफु सक्दो दान गरी सहयोग गरिदिन संयोजक गौतमले आग्रह समेत गर्नुभएको छ । दौतरीबाट