रामग्राम नगरपालिकाद्वारा ८० करोड बराबरको बजेट पारित

0

परासी १० असार – रामग्राम नगरपालिकाले ८० करोड ५२ लाख ५६ हजार २ सय रुपैयाको बजेट पारित गरेको छ ।
बुधवार नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रम गरी सो जानकारी गराएको हो ।


नगरसभा सम्पन्न भएपछि आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले कृषि शिक्षा र स्वास्थ्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो । पारित बजेटमा संघीय सरकारको तर्फबाट ४५ करोड ५० लाख , प्रदेश सरकारबाट दुई करोड ५८ लाख ६६ हजार आन्तरिक तर्फ २७ करोड ७८ लाख ९० हजार २ सय र अन्य स्रोतबाट २ करोड ६५ लाख हुने अनुमान गरिएको छ ।
त्यस्तै खर्च तर्फ सबैभन्दा धेरै १४ करोड बयालिस लाख रुपैया , नगरका गौरबका योजनालाई १२ करोड ७१ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै कारोना भाइरस संग जुध्न रामग्रामले १ करोड बजेट विनियोजन गरेको छ ।
त्यसैगरी बिषयगत रुपले सबैभन्दा धेरै पूर्वाधारमा ३१ करोड ५५ लाख ३८ हजार सामाजिक विकासतर्फ २४ करोड ५३ लाख ४१ लाख , आथिृक विकास तर्फ १ करोड ७५ लाख ,वातावरण तथा बिपदतर्फ १ करोड २५ लाख ,संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनतर्फ १५ करोड ४३ लाख दुई हजार दूई सय रुपैया विनियोजन गरिएको छ । पत्रकार भेटघाटमा उपप्रमुख रम्भा कुंवर प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद रेग्मी सहभागी हुनुहुन्थ्यो ।

You might also like