नगर प्रमुख गुप्ता द्वारा सिद्धार्थ टोलको अनुगमन :सडक तथा नाली निर्माणमा बजेट विनियोजन गर्ने प्रतिबद्धता

0

परासी ५ असार – रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले वडा नं. १ सिद्धार्थ टोल (गंगापथ)को अनुगमन गर्नुभएको छ ।

तस्विर हरि शर्माको फेसबुकबाट

बर्षासंगै डुबानमा पर्ने उक्त टोलको प्रमुख गुप्ताले अनुगमन गर्दै आगामी बर्ष सडक तथा नाली निर्माणमा बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । २०७७/०७८ मा नाली तथा सडक बनाइनेछ –उहाँले टोलवासी संग भन्नुभयो । नगर प्रमुखको प्रतिबद्धता पछि टोलवासीले आभार तथा कृतज्ञता ब्यक्त गरेका थिए ।

You might also like