नेपाल बन्दको प्रभाव पुर्वी र पश्चिम नवलपरासी सहितप्रदेश ५ का सबै जिल्लामा
नवलपरासी ३० फागुन : नेत्रविक्रम चन्द विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव पुर्वी र पश्चिम नवलपरासी सहितप्रदेश ५ का सबै जिल्लामा परेको छ
कर्णालीपछि प्रदेश ५ विप्लवको गतिविधि भएको क्षेत्र हो । विहीबार प्रदेश ५ का १२ वटै जिल्लाका लागि बस छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट कुनै सवारी साधन चलेका छैनन् ।
प्रदेश ५ का पहाडी जिल्लाहरुलाई अन्यको तुलनामा विप्लव समूहको बढी प्रभाव भएका क्षेत्रका रुपमा लिने गरिन्छ ।विभिन्न बस समिति, जीप समितिहरुका टिकट काउन्टर बन्द गरिएका छन् । सार्वजनिक यातायातका साधन नचल्दा प्रदेशभरिको जनजीवन प्रभावित भएको छ
यसैबीच, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालिकानगरमा बम आशंका गरिएको शंकास्पद वस्तु फेला परेको छ ।सडकमा राखिएको स्पीड ब्रेकरको छेउमा उक्त शंकास्पद वस्तु फेला परेको हो । नेपाली सेनाको टोलीले शंंकास्पद वस्तु डिस्पोज गरेको छ ।
यसैबीच पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिी नवलपरासीको सरावल गाउँपालिका १ तुल्सीपुर चोकमा रोकि राखिएको दुई ट्रकमा आगजनी भएको छ । राती १ बजेको सयममा ना ५ ख ७८४१ र ना ४ ख ६८२५ नम्बरको ट्रकमा अज्ञात समुले आगो लगाउँदा दुबै ट्रकको पछिल्लो दुई चक्का जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकका पछिल्लो दुई टायर जल्दै एक ट्रकमा राखिएको त्रिपाल पनि जलेको छ । दुबै ट्रकमा लागेको आगो समयमै निभाएर ट्रकहरुलाई पुर्ण क्षतिहुन बाट जोगाइएको छ । ट्रकमा आगजनीको जिम्मा अहिलेसम्म कुनै समुहले नलिएकाले ट्रकमा आगो लगाउने समुह अज्ञात रहेको प्रहरीले जनाएको छ ।
आज देशभरि नेकपा ९विप्लव० को बन्दले पुर्वी तथा पश्चिमी नवलपरासी पनि प्रभावित बनेको छ । विप्लवको बन्दले त्रसित रहेका व्यपारीहरु पसलहरु खोलेका छैनन् भने यातायात व्यवसायी र व्यक्तिहरु सवारी सधान समेत चलाएका छ्रैनन ।
बन्दका कारण उता गंैडाकोट, कावासोती, अरुणखोला, दुम्किीबास, बर्दघाट, सुनवल र यता परासी समेतको बजार ठप्प छ भने सवारी सानधहरु पनि चलेका छैनन्। जसकारण यात्रुलाई यात्रा गर्न कठिनाई भएको छ भने स्थानियहरु सर–समान किनमेल गर्न समस्या भएकोे बताउछन् । बन्दले हाईवे क्षेत्रका विद्यालय बंैक वित्त संस्था, बजारहरु पनि बन्द रहन संकेत देखिएको छ ।
यता गंैडाकोट नगरपालिमा रहेको जयश्री खोलामा राखिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । स्थानियहरुलाई त्रसित बनाउन अज्ञात समुहले बाल्टीमा जुटको बोराले बेरेर र तार राखेर बनाएको शंकास्पद बस्ुतलाई बम डिस्पोजल टोलीले बम नरहेको पुष्टि गर्दै सो शंकास्पद बस्तु त्यहाँबाट हटाएको छ ।