प्रधानमन्त्री ओली र सिके राउतले एउटै मञ्चबाट सम्वोधन गर्ने
२४ फागुन, काठमाडौं । स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् ।
सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् । राउत विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् । स्रोतका अनुसार राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ । तर, सिके राउत तत्काल नेकपामा प्रवेश गर्ने कार्यक्रम भने नरहेको राउत निकट स्रोतले बतएको अनलाइनखबरले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।