बिद्यार्थीलाई बिदेश पठाएर ठगी गरिएको प्रति बैद्यनिकट अखिल क्रान्तिकारीद्धारा ध्यानाकर्षण
सागर सुनार बुटवल १३ फागुन – नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी) प्रदेश संगठन समिति प्रदेश नम्बर पाँचले बिभिन्न नाममा खुलेका शैक्षिक परामर्श केन्द्रले बिदेशमा बिद्यार्थी पठाएर ठगी गरेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सोमवार क्रान्तिकारीका प्रदेश संयोजक महेश श्रेष्ठले बिज्ञप्ति जारी गर्दै अस्टेलियाको के.आई. बि.टी कलेज कहि दर्ता नभएको र त्यहाँ १ हजार देखि १ हजार २ सय बिद्यार्थीहरु अलपत्र परेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको हो । श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तिमा नेपाली बिद्यार्थीलाई प्रलोभनमा पारी अपराध गर्ने परामर्श केन्द्रलाई कानुनी कारवाहीको माग गर्दै कानुनी उपचार नभए संर्घषमा उत्रिने चेतवानी दिएको छ । बिज्ञप्तिमा उक्त संर्घषबाट निम्तने परिणामको जिम्मा सम्बन्धित निकाय नै हुने जानकारी गराउछौ , भनिएको छ ।