क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपाबीच पार्टी एकता बारे घनीभूत छलफल
काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीका बीच क्रान्तिकारी एकताको खोजी गर्ने बारे घनीभूत छलफल भएको छ ।
दुई क्रान्तिकारी पार्टीका शीर्ष तहमा एकताको आवश्यकता र एकतालाई मूर्त रुप दिन तदारुकता देखाउने समय आएको बारे निष्र्कष समेत निकालिएको बुझिएको छ ।
सोही क्रममा कार्तिक १८ गते दुवै पार्टीको शीर्ष तहमा छलफल समेत भएको दुवै पार्टी सम्बद्धहरु बताउछन् ।
उक्त अवसरमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव सीपी गजुरेल गौरव, स्थायी समिति सदस्यद्वय सन्तबहादुर नेपाली र हरिभक्त कडेल प्रतीक, नेकपाको तर्फबाट पार्टीका संयोजक लोकनारायण सुबेदी र सचिवालय सदस्यत्रय नारायण शर्मा, शरणबिक्रम मल्ल र लक्ष्मण उप्रेती सहभागी भएको बताइएको छ ।
यस अघि नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(बहुमत)को महत्वपूर्ण हिस्सा र नेकपा(मशाल) बीच एकता भएर क्रान्तिकारी कम्युनिष्ट पार्टी बनेको थियो ।
लोकनारायण सुवेदी नेतृत्वको नेकपा, अखिल नेपाल कम्युनिष्ट पार्टी र नेकपा(रातोतारा)लगायतका पार्टी सम्मिलित भएर नेकपा बनेको थियो ।
क्राकपा र नेकपा दुवै राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालमा आबद्ध छन् ।




