ढकाल परिवारमा परेको बज्रपात निधन प्रति क्राकपाद्वारा शोक ब्यक्त
बर्दघाट – बर्दघाट–१५ निवासी अर्जुन कुमार ढकाल(आकाश) को निधन भएको ३ दिनै उहाँको ममतामयी आमाको निधन भएको छ ।
जेठो छोरा अर्जुनको काजक्रिया नसकिदंै आमाको निधन भएपछि ढकाल परिवार शोकमा डुबेको छ । अर्जुनको पौष १४ गते हृदयघातका कारण निधन भएपछि पुत्रशोकमा रहेको उहाँकी आमा मनकुमारीको १६ गते निधन भएको थियो । बुवा बितेको काजक्रिया नसकिदैं हजुर आमा बित्नुभयो – अर्जुनकी छोरी बिमला भन्नुभयो – हाम्रो परिवारमा निकै बज्रपात परेको छ ।
अर्जुनका बुवा, उहाँका तीन दाजुभाई ,अर्जुनको जिवनसंगिनी र छोराछोरी लगायतलाई परेको शोकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले शोक ब्यक्त गरेको छ । पार्टीका सदस्य रहेका अर्जुन अटो चालक हुनुहुन्थ्यो ।
उहाँको शोकमा पार्टीका जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्री , जिल्ला संयोजक रवि पाण्डेय, प्रदेश सदस्य दुर्गानारायण चौधरी, अखिल(क्रान्तिकारी)का जिल्ला संयोजक सन्देश सापकोटा लगायत उहाँको निवासमै पुगेर श्रद्धान्जली ब्यक्त गर्नुभएको थियो ।